Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा अत्याधीक चाप

काठमाडौँ। सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लाग्नुभएकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुगे । नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै आएको उक्त बाटोमा सामाखुशी यातायात व्यवसायी सङ्घले सामाखुशी यातायात र दिगो सार्वजनिक यातायात प्रालि भित्र्याइएपछि उक्त क्षेत्रमा चाप बढ्न थालेको हो । सङ्घका सचिव लालप्रसाद गुरागाई बाटो साँघुरो र सवारी साधन ठूलो भएको कारण उक्त क्षेत्रमा चाप बढेको बताउछन् । “यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको हो”, उनी भन्छन् । सोही बस अन्यन्त्र स्थानान्तरण गरेर अर्को बस ल्याउन सरकारले पहल गरे आफूहरु सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । हाल गोँगबु–कपुरधारा–लैनचौर भएर सानाठूला १३५ सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा छन् । जसमध्ये दिगो यातायात १७, सामाखुशी यातायात १९ र माइक्रोबस ९९ वटा सञ्चालनमा रहेका छन् । बसुन्धरा सेहन्सा, बानियाटार, भत्केकोपुल, मनमैजु, म्हैपी, टोखा र ग्रिनल्याण्ड क्षेत्रका बस तथा माइक्रोबस उक्त बाटो हुँदै आवत–जावत गर्छन् । शुरुको समयमा माइक्रोबस मात्र सञ्चालन भएको उक्त बाटोमा वर्ष पहिले सामाखुशी यातायात र यहि वर्षको साउन २८ देखि दिगो सार्जजनिक यातायात प्रालि सञ्चालित छन् । खम्बा र साँघुरो सडकका कारण दुई ठूला सवारी साधनलाई एकआपसमा आवतजावत गर्नसमेत मुस्किल हुने गर्छ । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका–२६ मा पर्छ । सो वडाका वडाध्यक्ष ख्यामराज तिवारी गोँगबुदेखि लैनचौरसम्म सडकको खम्बा सार्नका लागि विद्युत प्राधिरणलाई वडाले चिठी पठाइसकेको बताउछन् । “विद्युत् प्राधिकरण र सडक विभागका कारण उक्त पोल सार्न ढिलाइ भइरहेको छ”, उनी भन्छन्, “वडा कार्यालयले सामाखुशी क्षेत्रमा बाटो निर्माण र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ ।” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र ठूला सावारीसाधनका कारण सडकामा चाप हुने हुने गरेको बताउछन् । “उक्त बाटोलाई एकततर्फी बनाएर गाडी सञ्चालन गराउने वा ठूला गाडीलाई अर्को स्थानमा पठाएर मझौला गाडी सञ्चालन कि भन्नेबारे छलफल भइरहेको छ”, उनी भन्छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेकामा काठमाडौँ उपत्यकामा मात्र आठ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending