Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

महिला आफन्तबाटै असुरक्षित, सहोदर दाजुले गरे बहिनीको बलात्कार

घोराही। गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय अस्पतालमा बालिकाको उपचार भयो । घोराही सिमेण्ट उद्योगमा गाडी चालक रहेका दाजुलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले गत वैशाख २० गते पुर्पक्षमा पठायो तर अहिलेसम्म त्यसको मुद्दा फैसला हुन सकेको छैन । आफ्नी छोरीलाई गत २०७४ चैत ३० गते आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित पक्षले गत वैशाख २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दियोे । पटक पटक बलात्कार गरेपछि पीडित बालिकाले परिवारका सदस्यलाई कुरो लगाइन् र प्रहरीमा जाहेरी दर्ता गरिएको पीडित पक्षले जनायो । वैशाख २३ गते अभियुक्तलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । दाङ देउखुरी जिल्ला अदालतले असार ११ गते दोषी ठहर गरी २० वर्ष कैद तथा पीडितलाई रु ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला ग¥यो । अर्की एक किशोरीलाई गत असार ७ गते गढवा गाउँपालिका– ६ का ३० वर्षीय आफ्नै मामाले बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दियो । घरमा कोही नभएको मौका पारी ललाइफकाई आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताइन् । प्रहरीले अभियुक्तलाई असार ८ गते नै पक्राउ गरी अनुसन्धान थाल्यो । अदालतले असार २८ गते पुर्पक्षका लागि पठाएकामा अहिलेसम्म त्यस घटनाको मुद्दा किनारा लाग्न सकेको छैन । यति मात्र नभई किशोरी नातिनीलाई आफ्नै ६८ वर्षीय हजुरबाले बलात्कार गरेको घटना प्रहरीसम्म आइपुग्यो । त्यसैगरी आफ्नै चार, छ र ११ वर्षीया नातिनीहरुलाई पटक पटक बलात्कार गरेको आरोपमा ८२ वर्षीयविरुद्ध पनि प्रहरीमा उजुरी प¥यो । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले केही समय अगाडि सार्वजनिक गरेको एक तथ्याङ्कमा दाङमा तीन वर्षदेखि ६९ वर्षसम्मका महिला बलात्कारमा परेको उल्लेख छ । अधिकांश महिला आफ्ना बाबु, हजुरबा, दाजु, काका, मामा र छरछिमेकीबाट बलात्कार, यौनजन्य हिंसा र बलात्कारको प्रयासमा परेको घटना छन् । समाजमा अहिले किन यस्ता घटना भइरहेका छन् जहाँ एउटा महिला घरभित्र आफ्ना आफन्तबाटै सुरक्षित छैनन् । छोरीहरु घरबाहिर हिँड्नु हँुदैन । इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागर गत पुसदेखि कात्तिक अन्तिमसम्म जिल्लामा ५१ बलात्कारका घटना भएकामा आठ वटा बलात्कार आफ्नै बाबु, दाजु, हजुरबा, मामा, भिनाजु, छरछिमेकी र झट्केलो बुवाबाट भएको जानकारी दिनुहुन्छ । महिलाहरु टाढाका मान्छेभन्दा पनि आफन्त, छरछिमेकी र नातागोताबाट असुरक्षित देखिएका छन् । उनी भन्छन्, “समग्र जिल्लाको घटना हेर्दा ८० प्रतिशत बालिकाहरु यौनजन्य हिंसामा छन् । बालिका जोगाउनका लागि अव विशेष संवेदनशील हुनुपर्ने देखिन्छ ।” उनका अनुसार यस वर्ष सबैभन्दा धेरै १४ वर्षका ११ बालिका बलात्कृत भएका छन् । तीन, चार, पाँच वर्षका बालिका पनि बलात्कारमा परेकामा ४२ घटनामा बालिकाहरु प्रत्यक्ष प्रभावित भएका छन् । पछिल्लो समय बाहिर आएका यौन हिंसाका अधिकांश घटना आफन्तैबाट हुने गरेकोे पाइएको छ । यसले हाम्रो समाज कतातिर जाँदै छ भन्ने प्रश्नचिह्न खडा गरेको छ । समाज सम्पन्न भए पनि व्यवहार र मानसिकता भने पछिल्ला सार्वजनिक भएका घटनाले प्रष्ट पारेका छन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने अब बाटो, पुलपुलेसा बनाएर मात्र समाज समृद्धि हुन नसक्ने बताउछन् । हाम्रो समाजका हरेक वर्गलाई अहिले सचेतनाको आवश्यकता रहेको उनको बुझाइ छ । उनले भने “समाजलाई सचेत बनाउने सबै सरोकारवाला निकायको हो, अव सबै ससक्त रुपमा लाग्नु पर्छ ।” अधिकांश महिला हिंसासँग सम्बन्धित सचेतनाका कार्यक्रममा महिला मात्रै सहभागी हुने गरेको तथ्य प्रष्ट्याउँदै उहाँ अब महिलामाथि हिंसा गर्ने पक्षलाई पनि बढीभन्दा बढी सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउछन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य पनि महिलाहरु आफ्नैबाट असुरक्षित हुँदाहुँदै पनि पीडितका कुरा सुन्न कोही पनि तयार नरहेको दुखेसो पोख्छन् । घरपरिवारदेखि प्रहरी, प्रशासन, मेलमिलाप केन्द्र, सेवा केन्द्र, अदालतलगायत निकायमा महिलाको पीडा सुन्न चाहने कोही पनि नरहेको उनको आरोप छ । “पहिले पीडितको कुरा त सुनौँ भनेर हामीहरुले पटक पटक भनिरहेका छौँ”, उनले भने, “तर सुन्नुभन्दा मिलाउन सबै तयार भैरहेका छन् । बलात्कारका घटनामा पनि मिलापत्र हुन थालेको छ ।” महिला हिंसाका घटनालाई सामान्य रुपमा लिने परिपाटी अहिले पनि उस्तै रहेको उनी बताउछन् । महिला हिंसा एउटा सामाजिक अपराध हो भन्ने मान्न कोही पनि तयार नरहेको उनको बुझाइ छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतम भने आफूहरुले महिला हिंसाको घटनालाई सामान्य रुपमा नलिएको बताउछन् । महिला हिंसा पनि सामाजिक अपराध भएको हुँदा प्रहरीले त्यसलाई संवेदनशील रुपमा लिइरहेको उनको भनाइ छ । उनी प्रहरीसँगै मिलेर सबै सरोकार भएका निकायले अब लक्षित वर्गमा सचेतनाको कार्यक्रम गर्नुपर्ने बताउछन्। रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending