Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

२१ कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

काठमाडौं । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । ती मध्ये जोशी हाइड्रोपावरले साधारण शेयर बिक्रीको अनुमति पाइसकेको छ । बोर्डमा आवेदन दिएका जलविद्युत्सँग आवद्ध कम्पनीमा सिइडिबी हाइड्रो फण्डले रु २२ करोड ८९ लाख ३० हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । सयपत्री हाइड्रोपावरले रु तीन करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । शुभम् पावरले रु पाँच करोड ८० लाख, रु जलविद्युत् परियोजनाले रु चार करोड सात लाख ७० हजार ५०० र माउन्टेन हाइड्रोले रु १८ करोड १६ लाख ११ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । त्यस्तै बोर्डमा आवेदन दिएको पाँचथर पावर कम्पनीले रु १९ करोड २५ लाख तथा ग्रीनलाइफ हाइइड्रोपावरले रु १८ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । मैलुङखोला जलविद्युत् कम्पनी आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । सो कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६००, युनिभर्सल पावर कम्पनीले रु ९६ करोड ६१ लाख ६१ हजार, शिवश्री हाइड्रोपावरले रु १४ करोड ७६ लाख ४० लाख र घलेम्दी हाइड्रोपावरले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले रु दुई करोड, लघिङ बुद्ध पावरले रु नौ करोड ७८ लाख र युनियन हाइडेल कम्पनीले रु पाँच करोड ५० लाख बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत छ । सो संस्थाले रु ६ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । यस्तै जनसेवी लघुवित्त वित्तीय संस्थाको रु चार करोड २० लाख र स्पर्श लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ४० लाख बराबरको साधारण शेयर बिक्री स्वीकृतिको चरणमा छ । अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल लिमिटेड पनि छ । सो कम्पनीले रु तीन करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यस्तै स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको रु एक करोड ८० लाख बराबरको साधारण शेयर बिक्रीका लागि स्वीकृतिको चरणमा छ । बोर्डले चालु आवको हालसम्म रु एक अर्ब ६१ करोड ४९ लाख ९० हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार विभिन्न चार कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति लिएका छन् । अनुमति लिएकामध्ये कालिका पावर कम्पनीले रु १२ करोड बराबरको साधारण शेयर बिक्री गरिसकेको छ । यस्तै चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच करोड ४० लाख र हिमालयन ऊर्जा विकास कम्पनीले स्थानीयवासीलाई रु नौ लाख ९० हजार बराबरको साधारण शेयर बिक्री गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि रु एक अर्ब ४४ करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending