Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

झुट्टा समाचारमा राष्ट्रवादको हात रहेको खुलासा

बीबीसीले गरेको एउटा अनुसन्धानले भारतमा राष्ट्रवादको बढ्दो लहरले आममानिसलाई झुट्टा समाचार फैलाउन हौस्याउने भूमिका निर्वाह गरिरहेको देखाएको छ। राष्ट्रिय पहिचानलाई बढावा दिनका निम्ति कतिपय मानिसका लागि तथ्यभन्दा भावनात्मक कुरा बढी महत्त्वपूर्ण हुने गरेको सो अनुसन्धानले जनाएको छ। सामाजिक सञ्जालका विज्ञहरूका अनुसार दक्षिणपन्थीहरूको सञ्जाल वामपन्थीहरूको भन्दा अझ बढी संगठित देखिन्छ र त्यसले राष्ट्रवादसँग जोडिएका झुट्टा समाचारलाई अघि बढाउन सघाएको छ। झुट्टा समाचारका कतिपय स्रोतहरू ट्वीटर तथा प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक सञ्जालमा खप्टिएका पाइए। असर गलत सूचना र झुट्टा समाचारले विश्वभरि मानिसहरूलाई कसरी असर पारिरहेको छ भन्नेबारे \'बियोन्ड फेक न्यूज\' कार्यक्रम अन्तर्गत बीबीसी विश्व सेवाले गराएको अनुसन्धान सोमवार प्रकाशित भएको हो। आममानिस झुट्टा समाचारको चङ्गुलमा पर्ने र त्यसलाई फैलाउने काममा उनीहरूको संलग्नताबारे भारत, केन्या र नाइजेरियामा गरिएको व्यापक अनुसन्धानपछि पछिल्लो निष्कर्ष निकालिएको हो। ‘सामाजिक सञ्जालमा झुट्टा खबर रोक्न कानून’ अनुसन्धानमा सहभागीहरूले आफ्ना फोनमा बीबीसीलाई सात दिनका लागि व्यापक रूपमा पहुँच दिएका थिए। जसका कारण प्रयोगकर्ताले के कस्ता सामग्री आदानप्रदान गर्ने गरेका छन्, कोसँग त्यस्तो गर्ने गर्छन् र कति मात्रामा त्यस्तो गर्छन् भन्ने कुराको अनुसन्धानकर्ताहरूले जाँच गर्न पाए। तीनवटै देशमा मूलधारका सञ्चारमाध्यमका सामग्रीप्रतिको अविश्वासका कारण मानिसहरूले वैकल्पिक स्रोतबाट प्राप्त सूचनालाई पुनः पुष्टि नगरी त्यसलाई फैलाउने गरेको देखिएको छ। समाचार झुट्टा हो भनी थाहा पाउने आफ्नो क्षमताप्रति मानिसहरूमा आवश्यकताभन्दा बढी आत्मविश्वास हुने गरेको पाइएको छ। समस्या सन् २०१८ मा फैलिरहेको डिजिटल सूचनाको बाढीले समस्या झन् बढाउँदै लगेको छ। अनुसन्धानमा सहभागीहरूले झुट्टा समाचारका वास्तविक स्रोत पत्ता लगाउन खासै प्रयत्न नगर्ने र ती सूचना भरपर्दो रहेको मान्न वैकल्पिक स्रोत खोज्ने गरेको देखिएको छ। फेसबूक पोस्टमा गरिने टिप्पणी, पोस्टमा राखिने तस्वीरहरू र ह्वाट्स एपमा परिवारका सदस्य तथा साथीहरूले पठाउने सूचनाको पुष्टि नगरी पत्याउने गरेको पाइएको छ। झुट्टा समाचारको चङ्गुलमा कसरी नफस्ने ? आफ्ना मान्छे र समुदायको सुरक्षाको जिम्मेवारी बोध गर्दै बच्चा अपहरणसम्बन्धी झुट्टा समाचार ह्वाट्स एपबाट फैलाउँदा भारतमा एउटा हिंसा नै निम्तिएको छ। भारतले तीव्र गतिमा प्रगति गरिरहेको, हिन्दू धर्म महान् थियो र फेरि महान् बनाउनुपर्छ अथवा भारतको प्राचीन ज्ञान हरेक क्षेत्रमा अझै सर्वश्रेष्ठ छ, गाईले अक्सिजन लिन्छ र अक्सिजन नै फाल्छ जस्ता समाचार भारतमा निकै फैलाउने गरिएको छ। यस्ता समाचार हजारौँ मानिसले आदानप्रदान गर्ने गरेको र आफूले मन पराएका कुरा फैलाउन झूटको सहारा लिएकोमा मानिसहरूले नराम्रो नमानेको पाइएको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending