Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

दुई ठेकेदारलाई दैनिक डेढ लाख जरिवाना

काठमाडौं । भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ। अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङरएआईपीएल जेभीले (आरामाली इन्फ्रा पावर लिमिडेट) तीन पटक म्याद थप्दासमेत काम नसकेपछि दैनिक जरिवाना गरिएको हो । सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरेबापत निर्माण व्यवसायीले २ सय दिन (करिब ७ महिनासम्म) ठेक्का रकमको ० दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । यस हिसाबले दिनको १ लाख ४० हजारका दरले जरिवाना रकम २ करोड ८० लाख हुन्छ । उनले निर्माण कम्पनीलाई दिइने भुक्तानीमा जरिवाना रकम कटाएरमात्र दिइने बताए । शैलुङ जेभी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो भने एआईपीएल भारतीय निर्माण कम्पनी। ‘एक्जिम बैंक इन्डिया’ को सहयोगमा भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली योजनाअन्तर्गत सडक निर्माण थालिएको हो । दुई वर्षमा काम सक्ने गरी सन् २०१४ जुन ५ मा २८ करोडमा सडक निर्माण सम्झौता भएको थियो । अहिलेसम्म ५० प्रतिशतमात्र काम भएको आयोजनाले जनाएको छ । ‘जेठ मसान्तमा तेस्रोपटक थप गरिएको म्याद सकिएको हो,’ कोइरालाले भने, ‘पटकरपटक म्याद थप्दा २र४ जना मात्र जनशक्ति राखेर काम गरेको पाइयो, जरिवाना लगाएपछि काम गरिरहेको ठेक्का तोड्न मिलेन ।’ जरिवाना लगाएपछि काममा प्रगति भएको उनले बताए । सडक विभागका प्रवक्ता मुक्ति गौतमले पनि म्याद थप्दासमेत काम नगर्ने ठेकदारलाई जरिवाना गराउँदै आएको बताए । सम्बन्धित् समाचार सप्तरीका नयाँ प्रजिअमा कटवाल, प्रहरी प्रमुखमा द्विवेदी र सशस्त्रमा झा Powered by Inline Related Posts ठेक्का तोडेर नयाँ लगाउँदा झन् धेरै खर्च हुने भएकाले जरिवाना गरेर भए पनि काम दिएको उनले बताए । आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर नरेशराम बाबुका अनुसार निर्माणमा ४९ प्रतिशत शैलुङ र ५१ प्रतिशत एआईपीएलले दायित्व लिएका छन् । अझै १६ किलोमिटर सडक निर्माण बाँकी रहेको उनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending