Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दुर्गम गाउँमा सोलारबाट बिजुली

म्याग्दी । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ चेचुङमा पहिलो पटक बिजुली बलेको छ । अमेरिकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर २० घरमा विद्युत् सुविधा पु¥याइएको स्थानीय लोकबहादुर मगरले बताए । एकै ठाउँमा राखिएको सोलार प्यानलबाट घरघरमा बिजुली वितरण गरिनाका साथै कुटानी पिसानी मिल पनि सञ्चालन भएको छ । बिजुलीको सुविधा भएपछि उज्यालोका साथै टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न र बालबालिकालाई पठनपाठन गर्न सहज भएको मगरले बताउनुभयो । प्रत्येक घरमा चार वटाका दरले बल्ब जडान गरिएको छ । गहुँ, मकै, कोदो पिस्न डेढ घण्टा हिँडेर छिमेकी गाउँ खिवाङ पुग्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । “दुर्गम भएकाले छिट्टै केन्द्रीय लाइन पुग्ने सम्भावना थिएन्, गाउँपालिकाले लघुजलविद्युत् परियोजना बनाउन विनियोजन गरेको बजेट पर्याप्त नहुँदा जनताले कार्यान्वयन गर्न सकेका थिएनन्”, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भने, “संस्थाले सौर्य ऊर्जा परियोजना जडान गरेपछि विकट बस्तीका बासिन्दालाई धेरै राहत भएको छ ।” सौर्य ऊर्जा जडान गर्न संस्थाले रु २० लाखभन्दा बढी सहयोग गरेको समन्वयकर्ता चित्र तिलिजा पुनले बताए । कुटानी, पिसानी मिल र सोलार प्यानल राख्ने घर निर्माणका लागि २० घरधुरीले १५ दिनका दरले श्रमदान गरेर भवन बनाएका छन् । चेचुङका बासिन्दा यसअघि उज्यालोका लागि टुकीमा निर्भर थिए । सहयोगी संस्थाका एडी र रेविटले सौर्य ऊर्जा परियोजना गाउँपालिकाका अध्यक्ष पुनलाई हस्तान्तरण गरेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies