Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जब प्रचण्ड मास्टरसाप आरुघाट पुगे

‘मास्टरसाप, तपार्इंले नै पढाउनुभएको धेरै दुःखले खडा गरेको विद्यालय आज भग्नावशेषमा परिणत भयो, विद्यार्थीका लागि बस्न योग्य छैन। गत वैशाख १२ को भूकम्पले घर भत्कियो, विद्यालय भत्कियो, तपार्इं त विश्वले चिनेको ठूलो मान्छे, लौ न विद्यालयलाई पूर्ववत् अवस्थामा फर्काउन सहयोग गरिदिनुपर्‍यो।’ यो भनाइ गोरखा आरुघाटका भुवनप्रसाद श्रेष्ठको हो । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल भीमोदय उच्च माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा उनको घरबेटी रहेका श्रेष्ठले गरेको पुकार हो यो। ‘गोरखा भूकम्प’ले ध्वस्त पारेको आरुघाट बजार र भीमोदय उमाविको स्थलगत अवलोकनका लागि आएका अध्यक्ष दाहाललाई देख्नेबित्तिकै श्रेष्ठले अरु ठूलो माग राखेनन्, आफैले पढाएको विद्यालयलाई पूर्ववत् हालतमा पुर्‍याइदिन आग्रह मात्रै गरे। विसं २०३३ मा दाहाल श्रेष्ठको घरमा बसेका थिए। आफ्नो घरमा डेरा गरी बस्ने एमाओवादी अध्यक्ष दाहाल, सोही विद्यालयका प्रधानाध्यापक एवम् पूर्व मन्त्री रामकुमार श्रेष्ठ र नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संयुक्त रुपमा पसिना बगाएको सो विद्यालय आज खण्डहर भएको छ । आरुघाटवासीले अध्यक्ष दाहालसँग ठूलो अपेक्षा गरेनन्। बस्ने घर छैन, खाने अन्न छैन, तर उनीहरुले घरभन्दा ठूलो विद्यालय मानेका छन् । उनीहरु घर त विस्तारै बनाउँदै जाउँला भन्ने सोचमा छन् । तर विद्यालयलाई पहिलो प्राथमिकतामा राखेका छन्। शिक्षकका रुपमा तत्कालीन समयमा कार्यरत एमाओवादी अध्यक्ष दाहाल विद्यालयको अवस्था देखेर एकछिन भावुक भए। अध्यक्ष दाहालसँगै अध्यापन गराएका अर्का पूर्व शिक्षक गणेशकुमार श्रेष्ठ पनि विद्यालयलाई तत्कालै पूर्ववत् अवस्थामा पुर्‍याउन आग्रह गरे। ‘हामीलाई अरु केही आवश्यक छैन, विद्यालय बनाइदिनुपर्‍यो, तपाईंले पहल गर्नुभयो भने केही हुन्छ’– श्रेष्ठले अध्यक्ष दाहाललाई भने। उनको भनाइ भुइँमा खस्न नपाउँदै अध्यक्ष दाहालले भने– ‘सानो सहयोगका रूपमा ५१ बन्डल जस्तापाता ल्याएको छु। आगामी दिनमा थप सहयोग उपलब्ध गरौँला, धन्दा नमान्नुस् । विद्यालय पूर्ववत् अवस्थामा फर्कन्छ।’ आरुघाटका अर्का स्थानीयवासी भरतप्रसाद श्रेष्ठ पनि ढलेको घर र भत्किएको आशाभन्दा ज्ञानको मन्दिर उजाडिएकामा चिन्तित छन्। ‘डेढ घन्टा परको जङ्गलमा गएर हामीसँगै काठ काट्न गएको सरलाई याद छ नि’ ? श्रेष्ठले सवाल तेस्र्याउन नपाउँदै दाहालले भने – “लौ, दाइ पनि काँधमा गएको खाला अझै बिसेक भएको छैन, कति दुःख गरिएको थियो त । तपाईं आफैं जानकार हुनुहुन्छ नि?” अध्यक्ष दाहालकै प्रेरणामा स्थापना गरिएको भीमोदय उमावि नजिकैको अर्को विद्यालय श्री जनशक्ति निमावि पनि भग्नावशेषमा परिणत भएको छ । सो विद्यालयका प्रधानाध्यापक हरिहर श्रेष्ठले पनि अध्यक्ष दाहाललाई पूरानै प्रश्न तेस्र्याए। ‘सर, यो विद्यालय पनि तपाईंकै देन हो? भैँचालोले भत्काइदियो, अब के गर्ने होला?’ अध्यक्ष दाहालले भने– ‘५१ बन्डल जस्तापाता ल्याएको छु। आधा भीमोदयलाई वितरण गरिन्छ, आधा तपाईंहरुले लिनुभए हुन्छ।’ भीमोदय उमाविका प्रधानाध्यापक मनप्रसाद बन्जराका अनुसार हाल सो विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत छन् । स्थानीय साधन स्रोत प्रयोग गरेर भीमोदय बहुमुखी क्याम्पस पनि सञ्चालन गरिएको छ । क्याम्पसमा दुई सय विद्यार्थी अध्ययनरत छन् । कुल २९ वटा कक्षाकोठामध्ये २१ वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बाँकी रहेका कक्षा पनि अध्यापनका लागि योग्य छैनन् । सो विद्यालयको अस्थायी टहरा निर्माणका लागि हाल एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माको नेतृत्वमा एक हजार पाँच सय नेता तथा कार्यकर्ता परिचालित भएका छन् । एमाओवादी स्थायी समिति सदस्य शर्मा भीमोदय उमाविमा कक्षा सञ्चालन गर्न मिल्ने आठ कोठा निर्माण गरिने बताए। सरकारले आजदेखि भूकम्प प्रभावित क्षेत्रमा विद्यालय सञ्चालन गर्ने जनाए पनि अधिकांश विद्यालयमा अस्थायी संरचना निर्माणको क्रम जारी रहेका कारण केही दिन अझै असम्भव जस्तो देखिएको छ । भीमोदय उमाविका प्रधानाध्यापक बन्जरा एमाओवादीको टोलीले विद्यालय सञ्चालनका लागि बनाइदिएको अस्थायी टहरा तत्कालका लागि उपयोगी हुने बताउँछन्।उनले पनि एमाओवादी अध्यक्ष दाहाललाई भने– “पूर्व प्रधानमन्त्रीज्यू, विद्यालय सञ्चालनका लागि भरपूर सहयोग गरिदिनुस् ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies