Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कामको दायरा बढाउँदै हुलाक

घोराही। कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ । पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पु¥याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो,टेलिभिजन दर्ता, नवीकरण, पत्रपत्रिका पु¥याउने पठाउने गरिरहेको छ । त्यत्ति मात्र होइन नेपाल सरकारले हुलाक कार्यालयको नेतृत्वमा प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारी भए÷नभएको, भए पनि आफ्नो जिम्मेवारीअनुसारको काम गरे/नगरेको र प्रत्येक तीन महीनामा सरकारी कार्यालयले प्रगति प्रतिवेदन तयार पारे/नपारेको अनुगमन गर्ने जिम्मा दिएको छ । पछिल्लो समय इन्टरनेटको कारण व्यक्तिबीचको कुराकानी सहज भएपछि हुलाकमा चिठीपत्र पठाउने ह्वात्तै घटेका छन् तर हुलाकको कामको सीमा क्षेत्र भने बढेको हुलाक कार्यालयको भनाइ छ । “व्यक्तिगत चिठीपत्र मात्र घटेका हुन्”, जिल्ला हुलाक कार्यालय दाङका प्रमुख बस्नेतले भने, “सरकारी र सङ्घसंस्थाको चिठी पहिलेभन्दा धेरै आउँछ ।” अहिले दाङमा एउटा प्रदेशस्तरीय हुलाक कार्यालय, १४ इलाका हुलाक सेवा र ३० अतिरिक्त हुलाक सेवा सञ्चालनमा छन् । जिल्लाभरि करीब स्थायी, करार र अतिरिक्त गरी १८० कर्मचारी खटिएका छन् । यति धेरै कर्मचारी हुँदा पनि हुलाकले कर्मचारी अभावको महसुस गरिरहेको छ । हुलाक कार्यालयका अनुसार दैनिक २०० देखि ५०० सम्म पत्रपत्रिका पु¥याउनुपर्छ भने ४० देखि ८० सम्म सङ्घसंस्था र सरकारी कार्यालयका चिठी हुन्छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्र हुलाकले रु ५६ लाख ७५ हजार राजश्व सङ्कलन गरेको छ । हुलाक टिकट बिक्री, पार्सल भुक्तानी, रेडियो रोयल्टी, पत्रिका, नवीकरण, केबुल नवीकरण तथा रोयल्टी, टेलिसेन्टरको आम्दानी, काउन्टर मशिनको आम्दानी, एफएम रेडियो लाइसेन्स नवीकरण र अन्य प्रशासनिक सेवाबापतको उक्त राजश्व सङ्कलन गरेको हो । १४४ औं हुलाक दिवस यसैबीच सरकारले यस वर्षको १४४ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी असोज २२, २३ र २४ गते मनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएको बुझिएको छ । “समावेशी विकास समुन्नत अर्थतन्त्रको लागि सुदृढ हुलाक’ भन्ने मुख्य नाराका साथ यस वर्षको हुलाक दिवस मनाइन लागिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies