Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतीय बजार किन धाउँछन् नेपाली उपभोक्ता ?

बाँके। दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आएकी मिरा सिलवालको गुनासो हो यो । दशैंलाई लक्ष्य गरेर नेपालगञ्जमै व्यापारीहरुले नयाँ नयाँ सामान मगाए पनि सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने गरेको सिलवाल बताउछन् । दशैंको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन् । यो समस्या अहिलेको होइन । नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ तर, निर्वाचन पछि सेलाउँछ । सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्छन् – “हामीले सङ्घको तर्फबाट धेरै नै प्रयास गरेका छौं । हाम्रो मात्रै प्रयासले केही हुन सकेको छैन ।” सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहाप्रति आकर्षित भएका बताइन्छ । उहाँका अनुसार सस्तोमा पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडासम्मको किनमेलका लागि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ ।  नेपालगञ्ज उपमहानगरपालिका वडा १० की गृहिणी मंगली श्रेष्ठको बुझाइमा नेपालगञ्जका व्यापारीहरुले पसलै पिच्छे फरक फरक दरमा सामान बेचेर विश्वास गुमाएका छन् । उनले भने – “यहाँ एउटै सामानको दर फरक फरक हुन्छ । ग्राहकलाई राम्रो व्यवहार पनि हुँदैन । त्यसैले रुपैडिहा जान्छन् ।” सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगञ्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदासीनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउछन् । “गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीहरुले प्रतिष्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो,” अध्यक्ष गौतमले भने – “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यावहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने गलत प्रवृत्ति रहेको छ ।” चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्नसमेत नेपाली उपभोक्ता भारतीय बजार जाने गरेका छन् । “हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौं,” नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्य भन्छन् – “तर, भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम हट्न सकेको छैन ।” सङ्घको तथ्याँक अनुसार भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब रु पाँच करोड मूल्य बराबरको घरायसी सामान खरिद गर्ने गरेका छन् । सङ्घ अन्य संस्थाहरुको सहयोगमा नेपालगञ्जमा दशैं सस्तो बजार सञ्चालन गरेर रुपैडिहा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई स्वदेशमै रोक्ने तयारीमा छ । यो समस्यालाई कम गर्न यसपाली नेपालगञ्जमा दशैं सस्तो बजार सञ्चालन गर्न थालिएको अध्यक्ष वैश्यले बताए । नेपालगञ्जमा पाइने नेपाली उपभोग्य वस्तु सस्तो र गुणस्तरीय भए पनि जानकारीको अभावमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामा जाने गरेको नेपालगञ्ज वितरक सङ्घका अध्यक्ष अमित बस्नेत बताउछन् । दशैंको किनमेल नेपालगञ्जमै गराउन यसपाली यहाँका व्यापारी र उपभोक्तामा सचेतना जगाई दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । सीमावर्ती भारतीय बजार रुपैडिहामा खरिद गर्न जाने उपभोक्तालाई स्वदेशी वस्तुको मूल्य र गुणस्तरबारे जानकारी गराई नेपाली उत्पादनको प्रवद्र्धन गर्ने यसको उद्देश्य हो । नेपाली बजारमै वस्तुको मूल्य सस्तो हुँदाहुँदै भारतीय बजार जाने उपभोक्तालाई लक्ष्य गरेर नेपालगञ्जस्थित विभिन्न वस्तुगत सङ्घको समन्वयमा एकहप्ते दशैं बजार सञ्चालन गरिने अध्यक्ष बस्नेतले बताए । बेलाबखत गरिने उपभोक्ता सचेतनाका कार्यक्रम र पर्व केन्द्रित सस्तो बजार सञ्चालन गर्दैमा भारतीय बजार जाने उपभोक्ताको मन परिवर्तन हुने सङ्केत देखिँदैन । त्यसैले नीतिगत तहबाटै योजनावद्ध रुपमा भन्सार कार्यालय, सम्बद्ध सरकारी कार्यालय र नागरिकसँग सहकार्य गरी नियमित पहल गर्नुपर्ने खाँचो छ । उपभोक्ताले सस्तो खोज्नु स्वाभाविकै हो । यहाँका व्यापारीको व्यवहार पनि गलत रहेकाले उपभोक्तासँगै व्यापारीलाई जागरुक गर्न जरुरी छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies