काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए।
एक पटक डिजिटल रेकर्ड भएपछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एक पटक आ आफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरुलाई आग्रह गरे।
सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे। ‘‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने,‘यसमा कोही अलमलमा नपरौँ ।’’
महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधि बारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए।
महामन्त्री पौडेलले पार्टीको सदस्यसँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए।
महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानु पर्ने व्यवस्था गरिएको बताए ।
‘‘हरेक क्रियाशिल सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो । उनले भने, ‘‘यसले विवरणमा पारदर्शिता समेत कायम गर्न सकिनेछ ।’’ कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुंग्याइने उनले बताए ।
कांग्रेसले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यताको फारम पठाउनेछ । वडा सभापति मार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ ।
सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भएपनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १४:२४
खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...
बैशाख १२ गते, २०८३ - १४:१३
काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...
बैशाख १२ गते, २०८३ - १३:५७
काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...
बैशाख १२ गते, २०८३ - १३:३९
काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव...
बैशाख १२ गते, २०८३ - १३:२६
काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...
बैशाख १२ गते, २०८३ - १३:२६
काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...
बैशाख १२ गते, २०८३ - १३:०९
काठमाडौं । बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेका सुकुमबासी बस्तीका संरचनाहरू सरकारले भत्काएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका...
बैशाख १२ गते, २०८३ - १२:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराएसँगै अब गैरीगाउँ क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चलाउने तयारी गरेको छ। ...
बैशाख १२ गते, २०८३ - १२:३७
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती शनिबार बिहानदेखि खाली हुन थालेको छ। बिहान ८ बजेदेखि डोजर सञ्चालन गरिएसँगै बस्ती हटा...
बैशाख १२ गते, २०८३ - १२:१९
प्यूठान। जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूल...


प्रतिकृया लेख्नुहोस्: