Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कुञ्ज थिएटरमा गुञ्जीयो छन्द–तरङ्गको दोस्रो सृङ्खला

काठमाडाैं। छन्द–तरङ्गको दोस्रो सृङ्खलामा छन्द कवि रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो प्रस्तुति छन्द पारखिहरुका माझ प्रस्तुत गरेका छन् । साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका साथै नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले, छन्द कविताको मानकीकरणका लागि सुरु भएको अभियान छन्द तरङ्गको यो दोस्रो सृङखला हो । लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमको दोस्रो सृखलामा श्रष्टा रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो छन्दा कविता प्रस्तुत गरेका थिए । छन्द तरङ्ग कार्यक्रमका कार्यक्रम संयोजक द्धय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मुर्त रुप प्रदान गर्दै हरेक महिना तिन जना प्रतिनिधि कविहरुका प्रतिनिधि कविताहरु प्रस्तुत गर्ने गरि छन्द तरङ्ग मासिक शृङखलाको थालनि गरिएको हो । छन्द कविताका अभियन्ता तथा कार्यक्रम संयोजक डा. देवी नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै छन्द कविताको मानकीकरणका लागि हरेक महिना स्तरीय कविताहरु सम्प्रेषण गर्दै जाने, वार्षीक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कार समेत प्रदान गर्ने काम अगाडि बढि बढिसकेको बताए । अर्का संयोजक डा. रामप्रसाद ज्ञवालीले आफुहरुले सुरु गरको अभियानले औपचारिक उचाई प्राप्त गरेको र नयाँ पुस्ता समेत छन्द जागरण अभियानमा सर्मपीत भएको देख्दा यो अभियान झन फलदायी हुने विचार व्यक्त गरे । लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) का अध्यक्ष कमल ढकालले यस्तो एैतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुःसी व्यक्त गर्दै अभियानका लागि संस्थाबाट गर्नुपर्ने सबै कुरामा कुनै पनि कमि आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।  हरेक सृखलामा फरक फरक श्रष्टा लाई उभ्याईने छन्द तरङ्ग कार्यक्रममा आगामि सृखलाको लागि  श्रष्टा भुवनहरि सिग्देल, मित्रलाल पंज्ञानी र देवु लुईटेल माला हस्तानतरण समेत गरिएको छ । प्रत्येक महिनाको तेस्रो शुक्रबार ३ः३० बजे देखि ५ बजे सम्म छन्द तरङ्ग नयाँ बानेश्वर, थापागाउँ मा रहेको लेखन कुञ्जको कुञ्ज थिएटरमा गुञ्जने छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending