Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट कसैलाइ छैनः उप-प्रधानमन्त्री

काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं ४ ले आज निर्वाचन क्षेत्र नं ५ अन्तर्गत सुकेधारामा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएको बताए । विभिन्न आवरणमा सार्वजनिक सम्पत्ति कब्जा हुन सक्नेतर्फ सचेत गराउँदै उनले भने “सार्वजनिक सम्पत्ति हडप्न राजनीतिक दलका छाता ओढेका व्यक्ति, उच्च ओहोदाका कर्मचारी, सामाजिक सेवामा योगदान गरेका र धार्मिक आवरण बोकेको व्यक्ति लाग्न सक्छन्, सार्वजनिक सम्पत्ति रक्षाका लागि वडा कार्यालय सजग हुनुपर्छ । ” नीति, विधि र संरचनामा देखिएका समस्या समाधान गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो ।  विगतका चलनचल्तीको बुझाई, माग र आग्रहद्वारा निर्देशित हुँदा विकास निर्माण अलपत्र पर्न सक्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, “योजना, नीति कार्यान्वयन गर्दा परिभाषित संस्थाले परिभाषित काम गर्न सक्नुपर्छ, पार्टीका नेता तथा जनप्रतिनिधि एवं समाजका सचेत नागरिकले पनि आफूलाई त्यसअनुरुप ढाल्नुपर्छ ।” प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनतालाई आवश्यक सेवा, सुविधा र सहयोग उपलब्ध गराउन जनतासँग जनप्रतिनिधि अभियान सञ्चालन गरिएको जानकारी दिँदै जनप्रतिनिधि जहिले पनि जनतासँगै हुने बताए । धोवीखोला करिडोरमा ढल निकासको उचित प्रबन्ध नहुँदा डुबानको समस्या देखिएको उल्लेख गर्दै उनले गलत संरचना निर्माण गर्ने निर्माण व्यवसायी, प्राविधिकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए । वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जनताका माग तथा भावना र वडाभित्र देखिएका समस्या समाधान गर्न आफू लागिपरेको बताए । उनले भने, “वडा तहबाट हुने समस्या वडा कार्यालयबाटै समाधान हुन्छ, ठूलो समस्या आइपरे प्रदेश सरकार र सङ्घीय सरकारबाट समस्याको समाधान गरिन्छ ।” कार्यक्रममा सो क्षेत्रका नागरिक अगुवाले ढल, खानेपानी, सडक कालोपत्रेलगायत विकास निर्माणका क्रममा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending