Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

डोल्पा-जाजरकोट सडक ट्र्याक खुल्यो, खुशीले स्थानियको सडकमै नाचगान

जाजरकोट। जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन् । सडक नपुग्दा यातायातका साधन नचलेपछि पीडा तथा अभावमा पिल्सिएर बसेका डोल्पालीको वर्षौदेखिकोे सडक सपना पूरा भएको छ । निर्माणाधिन सडक जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने अन्तिम कडा चट्टानको रूपमा रहेको ५०० मिटरको तरपरे भीर खण्डको ट्र्याक खोल्ने काम सम्पन्न गरेसँगै डोल्पालीको वर्षौदेखिको सडकको सपना पूरा भएको हो । तरपरे भीरको ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङदेखि चुँगाडसम्म सिधा ढुवानी साधनको रूपमा ट्याक्टर सञ्चालनमा ल्याइएको नेपाल सेना निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए । सदरमुकाम दुनै, विमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघि नै आन्तरिक यातायातको रूपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्याक्टर सञ्चालनमै आइसकेको छ । त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने फुलपानी र धाउन्ने बस्तीका बासिन्दाले आफ्नो घरआँगनमा पुगेको ट्याक्टर र जाजरकोट–डोल्पा मोटरबाटो निमार्णमा संलग्न नेपाली सेनालाई फूलमाला पहि¥याएर भव्य स्वागत गरेका छन् ।  जाजरकोट–डोल्पा नाम दिइएको भेरी करिडोर पहिलो चरणको निर्माण कार्यअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७ दशमलव ७ किमी सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको नेपाली सेनाको जाजरकोट–डोल्पा मोटरबाटो निमार्ण कार्यदलका प्रमुख पहाडीले बताए । सडक पुगे पनि पुल बाधक यस सडक खण्डको निर्माण कार्य पूरा भए पनि पुल अभावमा समस्या हुने देखिएको छ । करीब पाँचभन्दा बढी ठूला र अन्य साना पुल निर्माण नभएसम्म यस सडक खण्डमा स्थानीयवासीले सहजै यात्रा गर्न सक्ने अवस्था नहुने देखिन्छ । जाजरकोटको दल्ली, कालीमाटीबीच नलगाड नदीमा पुल, रुकुमको राडी र जाजरकोटको मन्मै बीचमा रहेको भेरी पुल, जाजरकोट तल्लु र रुकुम छरेवग्रीबीचको भेरी नदीको पुल, डोल्पाको खदाङमा भेरी नदीको पुल, त्रिपुराकोट जुफाल जोड्ने भेरी नदीको पुल निर्माण कार्य शुरु नै भएको छैन । अब माथिल्लो डोल्पाको तेन्जे र मरिम्लाका लागि सडक निर्माण हुने सांसद सत्य पहाडीले बताउनुभयो । बजेट विनियोजन भइसकेकाले माथिल्लो डोल्पाको काम शुरु हुने उहाँको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending