Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मुकेशको परिवारको चाडपर्व सधैँ खल्लो, आमा भन्छिन् 'अरूको देख्दा भक्कानिएर आउँछ'

काभ्रेपलाञ्चोक । दशैँ तिहारमा छिमेकका घरमा झिलीमिली हुँदाका बखत बनेपास्थित मुकेश कायस्थको परिवारमा भने थप चिन्ताले सताउने गर्छ । परिवारका एक्ला छोरा मुकेश २०६२/६३ को जनआन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएका थिए । त्यसयता कायस्थ परिवारको चाड चिन्तामै बित्ने गरेको छ । तेह्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई देखेर आमा मीरा उनको भविष्यप्रति सधैँ चिन्तित भइरहन्छिन् । उनी भन्छिन्, “अरुका सन्तान खाइखेली हिँडेको देख्दा मन भक्कानिएर आउँछ, दशैँ नजिकिएका बेला मुकेश छतमा चङ्गा उडाउँदै होला भन्ने झस्कना पस्छ ।” अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने नपाउनेमा मीरा शशङ्ंकित छिन् । उनी भन्छिन्, “दशैँ तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ति पीडादायक हुन्न ।” देबे्र हात र टाउको मात्रै हल्लाउने छोराको चेत खुल्ने आश गर्दै हेरचाहमा दिनरात बितेको पनि कायस्थ परिवारलाई पत्तो हुनै छाडेको छ ।” कायस्थ दम्पती मुकेशलाई हसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्दैनन् । मात्र भन्छन् ‘हँ, हँ, हँ’ र हँ कै लामो शब्द । “हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेला बेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ, अनि हँ मात्रै गर्छ”, आँसु झार्दै आमा मीराले भनिन् । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते हुनुभएको हो । त्यस दिनदखि उनको होस् अझै खुल्न सकेको छैन । बायाँ हात र खुट्टा राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ । मुकेश खानेकुरा चपाएर खान सक्दैनन् । उहाँलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउनुपर्छ । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा ८ मा अध्ययनरत थिए । मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा छ कायस्थ परिवार छ । चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको कायस्थ परिवारको भनाइ छ । आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । मुकेशका बाबु कृष्णमानले भने, “घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्दैनन् ।” मुकेशलाई ‘जिउँदो शहीद’ घोषणा गर्न कायस्थ परिवारको माग छ । तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारले अहिले पनि उनका लागि जीवन–निर्वाह भत्तास्वरुप मासिक रु १० हजार उपलब्ध गराउँदै आएको छ भने एक जना स्वास्थ्यकर्मीलाई हेरचाहका लागि राखेको छ । मुकेशका नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । जनआन्दोलनमा काभे्रका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामा जोरपाटीमा शहीद भउका थिए । सोही अवधिमा जिल्लामा ४० जना घाइते भएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending