Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेकपाकाे पार्टी एकता अभियान सार्वजनिक, काे कहाँबाट चयन भए ?

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ । नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेशका १२ वटै जिल्लामा चार चार जनाको दरले कार्यदल गठन गरेको छ । बैठकले पूर्वी रुकुमबाट मेघबहादुर श्रेष्ठ, टोपबहादुर वली, सतमान पुन र होमप्रसाद श्रेष्ठ, रोल्पाबाट आशबहादुर पुन, कुमार दसौंधी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्ती तथा प्यूठानबाट कृष्ण अधिकारी, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी चयनभएका छन् । त्यस्तै अर्घाखाँचीबाट चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तोजबहादुर रायमाझी, गुल्मीबाट बालसिंह काउछा, वीरबहादुर कार्की, बुद्धि जिसी र मधुकृष्ण पन्त, पाल्पाबाट नारायण आचार्य, नेत्र पाण्डे, राधाकृष्ण कँडेल र राजेन्द्र विश्वकर्मा तथा रुपन्देहीबाट गोपाल भट्टराई, निर्मल जिसी, शिवराज सुवेदी र अनुुप बराललाई कार्यदलमा चयन गरिएको छ । त्यसैगरी पश्चिम नवलपरासीबाट घनश्याम यादव, लुल्सी पासी, थानप्रसाद गैरे र सीता पौडेल, कपिलवस्तुबाट झविलाल पोखरेल, डम्बर शर्मा, भानुप्रकाश श्रेष्ठ र रामचन्द्र शाह, दाङबाट टीकाराम खड्का, तुल्सीराम पुन, रामजी चौधरी र शिवकुमार आचार्य, बाँकेबाट अक्कलबहादुर बम, अशोक कोइराला, गोपाल गिरी र प्रकाश सुवेदी तथा बर्दियाबाट पूर्ण शर्मा, भुवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा र हरि ज्ञवाली रहेको कार्यदल गठन गरिएको पार्टी प्रदेश अध्यक्ष ओनसरी घर्तीले जानकारी दिए । बैठकले जिल्ला मातहतका पूर्व दुवै पार्टीका पार्टी कार्यालय एवं भौतिक सम्पत्तिको अभिलेख तयार गरी मातहतका कार्यालय व्यवस्थापनको योजनासहित प्रदेश कमिटीमा प्रस्ताव गर्ने, पूर्व दुवै पार्टीका अलगअलग रुपमा रहेका पार्टी सदस्यता अभिलेखलाई एकीकृत रुपमा व्यवस्थित गर्ने, एकीकृत प्रतिवेदनलाई प्रदेश कमिटीमा सिफारिश गर्ने लगायत काम गर्न कार्यदल गठन गरिएको हो । यस्तै बैठकले पार्टीको प्रदेश कार्यालय बुटवलस्थित साविक नेकपा(एमाले)को प्रदेश कार्यालयमा स्थापना गर्ने र कार्यालय सचिवको जिम्मेवारी नेकपाका कपिलवस्तु नेता बलराम अधिकारीलाई दिने निर्णय गरेको छ । स्थानीय तहको कामलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न पार्टीका तर्फबाट आवश्यक सहयोग गरी योजना, कानून, सुशासन, कर प्रणाली, बजेटजस्ता विषयमा योजना निर्माण गर्न र कार्यान्वयन गर्न विज्ञको सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । साथै पार्टी मातहतका सबै तहमा भेला र प्रशिक्षणजस्ता कार्यक्रम सञ्चालन गरी पार्टी पङ्क्तिलाई पार्टी र सरकारका पक्षमा क्रियाशील बनाउने समेत निर्णय गरिएको छ । कार्यक्रममा प्रदेश ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा बाहिर हल्ला भएजस्तो विवाद नभएर जिम्मेवारी लिनका लागि आकाङ्क्षा धेरै देखिएको मात्र भएको बताउँदै विधि र प्रक्रियाबाटै उठेका विषयलाई टुङ्ग्याइने उल्लेख गर्नुभयो । बैठकमा प्रदेश अध्यक्ष घर्तीले एकता प्रक्रियाले नेपालको कम्युनिष्ट आन्दोलन बल्ल मूल धारमा पुगेकाले ऐतिहासिक जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending