Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

क्रिस्टियानो रोनाल्डो: बलात्कार आरोपबारे यसो भन्छन् उनका प्रायोजक

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ। अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार नाइकिले यी आरोपबाट उत्पन्न स्थितिको नजिकबाट अनुगमन गरिरहने बताएको छ। रोनाल्डोका अर्का प्रायोजक इए स्पोर्ट्सले पनि उस्तै टिप्पणी गरेको छ। ३३ वर्षीय रोनाल्डोले भने ती आरोपहरूको खण्डन गर्दै आफूले केही गलत नगरेको भनेका छन्। रोनाल्डो खेल्ने इटालियन क्लब युभेन्टसले भने उनको बचाउ गरेको छ। गत जुलाई महिनामा रियल मड्रिड क्लबबाट करिब १३ करोड डलरमा रोनाल्डो युभेन्टसमा सरेका थिए। एक ट्वीट गर्दै युभेन्टसले भनेको छ, \'पछिल्ला महिनाहरूमा क्रिस्टियानो रोनाल्डोले ठूलो व्यावसायिकता तथा प्रतिबद्धता प्रदर्शन गरेका छन् जसको सबैले सराहना गरेका छन्।\' सन् २००९ मा लस भेगासमा भएको एउटा घटनामा क्याथरिन मायोर्गामाथि यौन आक्रमण गरेको आरोप रोनाल्डोलाई लागेको छ। महिला हिंसाविरुद्ध विश्वव्यापी रूपमा महिलाहरूले आफूमाथि भएका घटनाको विवरण सार्वजनिक गर्ने गरि हाल चलिरहेको \'मि ट\' अभियानबाट प्रेरित भएर ३४ वर्षीया अमेरिकी शिक्षिका मायोर्गाले पनि सो घटनाबारे मुख खोलेको उनकी वकिलले बताएका छन्। जर्मन पत्रिका डेर स्पिगलका अनुसार मायोर्गाले उक्त आरोपित घटनालगत्तै लस भेगासको प्रहरीसमक्ष उजुरी गरेकी थिइन्। तर अर्को वर्ष उनले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको बताइयो जस अनुसार उनलाई करिब पौने चार लाख डलरको भुक्तानी गरियो जसको बदलामा ती आरोप सार्वजनिक नगरिने शर्त राखियो। तर उनका वकिलहरू अब त्यो सम्झौता रद्द गर्न चाहन्छन्। आफ्नो उजुरीमा मायोर्गाले रोनाल्डोलाई पाल्म्स होटल एण्ड क्यासिनोको रेन नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनको बलात्कार भएको उल्लेख गरेकी छन्। झण्डै एक दशक अगाडिको सो घटनापछि मायोर्गा गम्भीर डिप्रसनको शिकार भएको र उनमा आत्महत्या गर्ने सोच समेत पलाएको उनका वकिलले बताए। लस भेगासको प्रहरीले सन् २००९ को जुनमा आफूले एक उजुरीको छानबिन गरेको पुष्टि गरेको छ। तर सो छानबिनका क्रममा उनीहरूले कसैमाथि शंका नगरेको बताइएको छ। \'त्यतिखेर एक उजुरी परेको थियो तर पीडितद्वारा अनुसन्धानकर्ताहरूलाई घटनास्थल वा आरोपित बारे केही बताइएको थिएन,\'प्रहरी विज्ञप्तीमा उल्लेख छ। हाल उक्त आरोपको पुनस् छानबिन सुरु गरिएको उसले बताएको छ। यसअघि रोनाल्डोका वकिलहरूले सो समाचारलाई लिएर डेर स्पिगलविरुद्ध मुद्दा हाल्ने बताएका थिए। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending