Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

पार्लर चलाउने पुरुषको पीडा-मेरो पार्लरमा महिला अाउँदा श्रीमानले रोक्थे

उत्तराखण्डको सानो शहर रुडकीमा सायद म पहिलो वा दोस्रो पुरुष थिएँ जसले महिलाको पार्लर खोलेको थिएँ । मेरो यो रोजाइमा मलाई चिन्ने सबैले नाक खुम्च्याउँथे भने महिला ग्राहक पनि हिच्किचाउँथे । छिमेकीले मेरा निकै कुरा काट्थे । सुनाउने गर्थे, ‘पार्लर चलाउनु त महिलाको काम हो ।’ महिलालाई यसबारे जानकारी दिनु, उनीहरुको विश्वास जित्नु र मैले पनि कुनै महिलाले भन्दा राम्रो मेकअप गर्न सक्छु भनेर देखाउनु मेरो लागि निकै मुश्किल थियो । यदि कोही महिला मेरो पार्लरमा आए उनीहरुका श्रीमान्, दाइभाइ वा बुवाले मलाई देखेपछि उनीहरुलाई रोक्थे । उनीहरुले भन्थे, ओहो, यहाँ त पुरुषले काम गर्दो रहेछ । महिलाले मसँग थ्रेडिङसमेत गर्न अस्विकार गर्दथे । कोठामा सायद एक पुरुष आफ्नो नजिक आएर काम गर्नु उनीहरुलाई असहज लाग्थ्यो । प्रश्न मेरो दिमागमा पनि थियो । पार्लर चलाउने अन्य महिलालाई झैं के मेरा महिला ग्राहक मसँग पनि त्यति सजह हुनसक्लान् भन्ने लाग्थ्यो । \"\" परिवारको चाहना मलाई यस्ता कुराको वास्तै थिएन भन्ने होइन । तर जब आफूलाई मनपरेको कामलाई व्यापारमा परिवर्तन गर्ने मौका पाइन्छ भने कसले छोड्छ ? सुरुवात वास्तवमा थुप्रै वर्ष अघि मेरो बहिनीको विवाहको क्रममा भयो । उनको हातमा मेहेन्दी लगाइँदै थियो र त्यो मेहेन्दी लगाउने एक पुरुष नै थिए । त्यो साँझ लगाइएको मेहेन्दीको डिजाइनले मलाई निकै लोभ्यायो । मन–मस्तिष्कमा बस्यो । त्यसपछि मैले कोन बनाउन सिकें, कागजमा आफ्नो हातको चित्र बनाएँ र बच्चाहरुको हातमा मेहेन्दी लगाइदिन थालें । केही दिन पछि जब घरमा यसबारे थाहा भयो तब निकै गाली खाएँ । बुवाले निकै कडा भएर ‘यो महिलाले गर्ने काम किन गरिरहेका छौ ?’ भनेर गाली गर्नुभयो । उहाँले मलाई आफूजस्तै फौजमा भर्ती गराउन चाहनुहुन्थ्यो । तर मलाई फौज वा अन्य कुनै पनि काममा रुची थिएन । एक दिन म एक विवाहमा गएँ र त्यहाँ मैले महिलाको हातमा मेहेन्दी लगाइदिएँ जुन निकै रुचाइयो । त्यसबापत् मैले २१ भारु पाएँ । मेरो जीवनको यो पहिलो कमाई थियो । मेरी आमा र भाइ बहिनीले मेरो शौख बुझिसकेका थिए तर बुवालाई अझै पनि मनपरिरहेको थिएन । बुवासँग हारेर म हरिद्वारामा जागिर खान गएँ । ९–५ को जागिर । सबैजना खुसी थिए किनभने मैले पुरुषले गर्ने काम गरिरहेको थिएँ । तर मेहेन्दी लगाउने मेरो शौख मेरो मनको एउटा कुनामा नै दबिरहेको थियो । कहिलेकाँही यो जागिरबाट मैले के पाएँ भन्ने सोच्थे । न त राम्रो पैसा थियो न नै मनको शान्ती । \"\" एक नयाँ सुरुवात त्यसैबीच लामो समयसम्म थला परेपछि बुवाको मृत्यु भयो । घरको खर्च चलाउने जिम्मेवारी मेरो काँधमा आयो । तर यही जिम्मेवारीले मेरो लागि नयाँ मार्ग प्रशस्त गर्यो । जब म छुट्टीमा घर आउँथे तब विवाहमा मेहेन्दी लगाउन जान्थें । मेरो मासिक तलब १५ सय थियो । विवाहमा मेहेन्दी लगाएको मैले करिब पाँच सयसम्म पाउँथे । सायद कमाईको नै असर थियो, अब मेरो परिवारलाई मैले मेहेन्दी लगाएको ठिक लाग्न थाल्यो । त्यति नै बेला मलाई थाहा भयो कि अफिसका मेरा एक साथी आफ्नी श्रीमतीको ब्यूटी पार्लरमा उनको सहयोग गर्छन् र दुबैले मिलेर राम्रै कमाई गरिरहेका छन् । त्यति नै बेला सोचें, म पनि आफ्नो ब्यूटी पार्लर खोलूँ कि ? तर जब मैले यसबारे आफ्नो परिवारलाई जानकारी दिएँ सबैको नजरमा एकाएक विभिन्न प्रश्न उब्जिए । त्यही महिलाको काम–पुरुषको काम जस्ता प्रश्न । \"\" विश्वास जित्ने लडाईं मेरी मामाकी छोरी ब्यूटी पार्लरको काम सिकिरहेकी थिइन् । उनले नै मलाई पनि सिकाउन थालिन् । र त्यसपछि हामीले मिलेर एउटा पार्लर खोल्यौं । सुरुवाती दिनको चुनौती पनि उनकै मद्दतले हल भयो । पार्लरमा मबाहेक मेरी बहिनी अर्थात् एक महिला हुदाँ महिला ग्राहकको विश्वास जित्न सहायक भयो । हामीले हाम्रो सानो कोठा भित्र पर्दाको ढोका बनाएका थियौं । मेरी बहिनी महिलाको वाक्सिङ गर्थिन् भने म उनीहरुको थ्रेडिङ र मेकअप । उमेर र अनुभवका कारण म आफ्नो कामका लागि परिचित हुँदै गएँ । यसले मेरो आत्मविश्वास वृद्धिमा टेवा पुर्यायो । विवाहका लागि केटी हेर्न जाँदा उनले पनि यही प्रश्न सोधिन्, ‘आखिर यो काम नै किन रोज्नुभयो ?’ मेरो उत्तर थियो, ‘यो मेरो रुची हो, यो मेरो आफ्नो च्वाइस हो ।’ त्यस दिनदेखि अहिलेसम्म मेरी श्रीमतीले मेरो कामबारे कहिले प्रश्न उठाइनन् । हुन पनि उनी मभन्दा १० वर्ष कान्छी छिन्, धेरै प्रश्न कसरी सोध्थिन् । विवाहपछि मैले श्रीमतीलाई पार्लर देखाएँ, आफ्ना ग्राहक र स्टाफसँग पनि भेटाएँ । म चाहन्थें कि उनको मनमा कुनै प्रकारको शंका नहोस् । अब आफन्तले पनि इज्जत गर्छन् । मलाई कुनैबेला गिज्याउने पुरुष आफ्नो घरका महिलालाई मेरो पार्लरमा आफैं छोड्न आउँछन् । बीबीसी हिन्दि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE