Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रधानमन्त्रीसँग अन्तरवार्ताः उहाँहरूमा विश्वास पाएँ अब नेपाल अगाडि बढ्छ

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त रूपमा दिएको अन्तर्वार्तामा एउट मानिस सम्पूर्ण मानिस हुनुपर्ने र जसले मानवलाई पूर्णता दिनसक्छ त्यही नै पूर्ण प्रजातन्त्र भएको स्पष्ट गरे । “हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन”, एक प्रश्नको उत्तरमा उनले भने ।

उनले अघिल्लो पटक र यस पटक अमेरिका भ्रमण गर्दाको नेपालको अवस्था निकै फरक रहेको बताउँदै नेपाली जनताले प्राप्त गरेको उपलब्धिका विषयमा विश्वलाई जानकारी दिने र नेपाली जनताको प्रगतिमा उनीहरूको सहयोग जुटाउने आफ्नो भ्रमणको उद्देश्य रहेको बताए । राससले प्रधानमन्त्री ओलीसँग लिइएको अन्तर्वार्ताको सम्पादित अंशः

यस पटक प्रधानमन्त्रीका रूपमा आउँदा कस्तो अनुभव भइरहेको छ ?  – म सन् २००६ मा अमेरिका आउँदा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रूपमा प्रतिनिधिमण्डलको नेताका रूपमा आएको थिएँ, अहिले प्रधानमन्त्रीका रूपमा आएको छु । त्यसबेला शान्ति प्र्रक्रिया चलिरहेको थियो । संविधानको स्वरूप अनिश्चित थियो । संविधानसभाको निर्वाचन भएको थिएन । राजतन्त्रको अन्त्य भएको थिएन । विघटित संसद् पुनःस्थापना भएको थियो । संसद्ले आफ्नो अधिकार सबल ढङ्गले प्रयोग गरेको थियो । राजतन्त्रका अधिकारलाई समाप्त पारी संवैधानिक हैसियतमा राखिएको थियो । पुनःस्थापित संसद्ले राजसंस्थाका सम्पूर्ण अधिकार आफूमा राखेको थियो । राजतन्त्र जीवित थियो तर राष्ट्रप्रमुखको हैसियत नरहेपछि राजतन्त्र भ्रमका रूपमा थियो । त्यसलाई पुनः बिउँतिन नदिन विधिवत् अन्त्य गर्नुपर्ने थियो । राज्यको पुनःसंरचनासम्बन्धी प्रश्न, शान्ति प्रक्रिया र बृहत् शान्ति सम्झौता टुङ्गो लागेका थिएनन् । युद्धविरामसम्म भएको थियो र पुनःस्थापित संसद्लाई पुनःगठन गर्ने कुरा चलिरहेको थियो । सङ्क्रमणमा प्रवेश गरेको तर टुङ्गो लागेको थिएन र जनता शक्तिशाली हुने संविधान बन्ने अपेक्षा थियो । मानिसमा जिज्ञासा थियो, ‘‘माओवादीले हतियार बिसाएको छ अब के हुन्छ ?’’ यी प्रश्नको जवाफ नआएको अस्थिर अवस्था थियो । आज संविधान, गणतन्त्र र सङ्घीयता आएका छन् । सङ्घीयताका तीन तहका निर्वाचन भएका छन् । दुई सदनात्मक संसद् बनेको छ । प्रदेशसभा, प्रदेश सरकार र स्थानीय निकाय बनेका छन् । स्थानीय तहका ७५३ पूर्ण सरकारका रूपमा र ७७ जिल्ला समन्वय समिति बनेका छन् । माओवादी सम्पूर्ण रूपमा हतियार बिसाएर शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक धारमा हिँडेको छ । लडाकु व्यवस्थापन गरी सरकारमा आएको छ र शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक बाटामा हिँडिरहेको पुरानो पार्टी नेकपा एमालेसँग एकता गरी एकीकरण भएको छ । आमूल परिवर्तनको अवस्था छ । भिन्न परिवेशमा भिन्न अनुभव गरेको छु । आफैँले सञ्चालन गरेको र आफैँले नेतृत्व दिएको शान्ति प्रक्रियालाई पूर्णता दिएर आएको असाधारण उपलब्धि र अनुभव साझेदारी गर्ने अवसर पाउँदा बेग्लै अनुभव हुन्छ । अगाडि बढ्ने आशा र विश्वास हुन्छ । महासभा महाधिवेशन बाहिर भेटघाटमा कस्ता अभिव्यक्ति आए ?  मैले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेट गरेँ । बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेँ । क्यानडाका प्रधानमन्त्रीसँग द्विपक्षीय भेट गरेँ । भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेट गरेँ । औपचारिक वा अनौपचारिक ढुङ्गले भेटघाट भइरहेका छन् । हाम्रो शान्ति प्रक्रिया र लोकतान्त्रिक आन्दोलन अनौठो कथाजस्तो भएको छ । सुन्दा उहाँहरू खुशी हुनुहुन्छ र अगाडि जाने कुरामा उहाँहरूले विश्वास र सहकार्यको सङ्केत दिनुभएको छ । कोलम्बियाका राष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया उदाहरणीय भएको बताउनुभयो । अरूले पनि शान्ति प्रक्रिया पूरा भएको, स्थायित्व आएको, संविधानको सर्वग्राह्यता स्वीकार्य भएको र निर्वाचन भएकामा खुशी व्यक्त गर्नुभएको छ । अब नेपाल अगाडि बढ्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु । महासभालाई सम्बोधन गर्दा के सन्देश दिन खोज्नुभएको छ ?  नेपालले उपलब्धि हासिल गरेका कुरालाई प्रस्तुत गरिनेछ । नेपालमा शान्ति स्थापना भएको र अब विश्वशान्ति, बन्धुत्व, सहकार्य, पारस्परिक सहकार्यको पक्षमा रहेको कुरा उल्लेख गरिनेछ । गरीबी, भोकमरी र अशिक्षा नभएको मानव समाजलाई व्यवस्थापन गर्न सरकार बनेको छ । यस कारणले समृद्धिभन्दा समस्यातर्फ जाने अवस्था नहोस् भन्नेमा हामी सचेत छौँ । हाम्रो मित्रता सबैसँग छ शत्रुता कसैसँग छैन । सार्वभौमसत्ता सम्पन्न मूलुकका रूपमा काम गरिनेछ, पारस्परिक सम्बन्ध, मित्रता र सहकार्यलाई अगाडि बढाइनेछ । हामीले ल्याएको प्रजातन्त्रप्रति हामी दृढ छौँ र बलियो बनाउन सजग छौँ । हाम्रो आधार ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । पूर्ण प्रजातन्त्र त्यो हो जसले मानवलाई पूर्णता दिनसक्छ, राजनीतिक अधिकारको नाराका रूपमा मात्र होइन । हामी आफ्नो प्रयासलाई अगाडि बढाउने अरू मित्रलाई त्यसैमा लगाउने प्रयासमा छौँ । सहयोग, लगानी र ऋण आफ्ना आवश्यकताका आधारित भएर स्वीकार गर्ने कुरा हुन् । हामी सम्पूर्ण अन्तर्राष्ट्रिय मामिला न्यायोचित र जायज भएको ढङ्गले चलाउन चाहन्छौँ, अनुचित शर्तमा होइन । हामी देश, जनता र सम्पूर्ण मानवताका लागि काम गर्न चाहन्छौँ । सम्पूर्ण प्रयास लोकतान्त्रिक बाटाबाट जनताको सहभागिता र संलग्नतामा सम्पन्न गरिनेछ । राष्ट्र निर्माणको अभियानमा अगाडि बढ्न, आर्थिक उन्नतिको अभियान चलाउन, सुशासन र स्वच्छता कायम गर्न तथा समृद्धि हासिल गर्न पनि अरू मित्रको सहयोग चाहिन्छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय नीतिमा हामी स्पष्ट छौँ र संयुक्त राष्ट्र सङ्घको भावनाअनुसार अगाडि बढ्छौँ । ‘समृद्ध नेपाल सुखी नेपाली’ आन्तरिक रूपमा अति आवश्यक छ तर विभाजित विश्वमा नेपालले कसरी सहयोग प्राप्त गर्ने ?  संयुक्त राष्ट्र सङ्घमा महासभाका अध्यक्ष र महासचिवले राखेका कुराले अर्थ राख्छ । उहाँहरूको सोचाइमा राष्ट्रहरूको भावनाको प्रतिनिधित्व र आवश्यकताको प्रतिनिधित्व भएको पाइयो । राष्ट्र सङ्घको सोचाइले विषय दिन्छ । महासभाका अध्यक्षका अभिव्यक्ति सामाजिक जागरणको पक्षमा महत्वपूर्ण छ । अध्यक्षका सात बुँदाले पूर्ण लोकतन्त्र इङ्गित गर्छ । कसैले सैद्धान्तिक आग्रहले शब्द चुट्न सक्छ । हाम्रो प्रश्न शब्दसँग होइन समाजवादोन्मुख सामाजिक व्यवस्थासँग छ । हाम्रो समाज खाली प्रतिस्पर्धा, राजनीतिक अधिकार वा अरू प्रकारका स्वतन्त्रताको हकमा सीमित हुनुहुँदैन । जनताको जीवनमा सम्पूर्णतामा परिवर्तन हुनुपर्छ । एउट मानिस सम्पूर्ण मानिस हुनुपर्छ । एउटा परिवार मात्रै सम्पूर्ण परिवार हुन सक्दैन, सम्पूर्णता सम्पूर्ण क्षेत्रमा हुनुपर्छ । समाजको सम्पूर्णता र समृद्धि सम्पूर्ण क्षेत्रमा हुनुपर्छ । हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन । हामीलाई खाना, नाना र छानासहितको प्रजातन्त्र चाहिन्छ । सबै कुरा भएको प्रजातन्त्र हामीलाई चाहिन्छ । महासभाका अध्यक्षका प्राथमिकताका बुँदामा यी धेरै कुरा स्पष्ट भएको छ । राष्ट्रका अवस्था, स्थिति र चाहना भिन्न होलान् र ती कुरालाई राष्ट्रले अभिव्यक्त गर्न सक्छ । हामी आफ्ना अवस्था बदल्न चाहन्छौँ । हामी दुनियाँमा शान्ति, समृद्धि, समानता र न्याय चाहने जनता तथा राष्ट्रको प्रतिनिधित्व गर्छौं । हामी न्यायोचित हितको प्रतिनिधित्व गर्छौं । आवश्यक नभए मानिसले राम्रो चिज पनि किन्दैन । हामी राम्रो काम प्रस्तुत गर्छौं र राम्रोतर्फको यात्रा बलियो हुन्छ । शान्ति स्थापनामा आएको रकम घट्दो छ । विरोध पनि छ नि ?  विरोध केका लागि ? संयुक्त राष्ट्र सङ्घमा स्तरीय ढङ्गले स्पष्टताका साथ आफ्नो कुरा राखिँदा, नेपाली जनताका कुरा दुनियाँलाई बताउँदा, नेपाल उन्नति र विकासको बाटामा जान चाहेको छ भन्ने कुरा जानकारी दिन लाग्दा, नेपालको प्रतिष्ठा माथि उठाउँदा विरोध हुँदैन । नेपालमा बहुमतको स्थिर सरकार बन्यो वा स्थायी सरकार आयो भने नेपालले भ्रष्टाचार रोक्छु, सुशासन दिन्छु, अब आर्थिक उन्नतितर्फ ध्यान दिन्छु भन्यो भने विरोध हुँदैन । हारियो भनी आफैँलाई नोक्सान गर्ने विरोधको अर्थ हुँदैन । विरोधको आधार चाहिन्छ, आलोचना आधारयुक्त हुनुपर्छ, सुझाव र टिप्पणी आधारयुक्त हुनुपर्छ । विरोध मन पराउनुपर्ने कारण छैन र विरोधसँग हच्किएको पनि हैन । निराधार, अर्थहीन, अनावश्यक, अनुचित विरोध गर्ने आफँै एक्लिने कुरा हुन्छ र जनताले बुझ्छ । जनतालाई मूर्ख बनाउँछु भन्दा जनताले बुझ्छन् । आफ्नै मर्यादाका लागि उपयुक्त ढङ्गको व्यवहार सबैलाई उचित हुन्छ । शान्ति सेनामा खर्च कटौतीको कुरा नि ?  शान्ति सेनामा खर्च धेरै महत्वपूर्ण कुरा होइन, शान्ति महत्वपूर्ण कुरा हो । युद्धको खेती र निर्यात बन्द गरे यस्तो खर्च आवश्यक पर्दैन । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएका वार्ताका विषय ?  भारतसँग रहेको मित्रतालाई सुदृढ र बलियो बनाउने विषयमा छलफल भएको थियो । स्थायी कूटनीतिक प्रतिनिधि नियुक्त गर्ने कुरा ?  हाल नेपाली नियोगमा कार्यवाहक प्रमुख सक्षम र अनुभवी हुनुहन्छ । धेरै हतार गर्नुपर्दैन । यस्तो कुरा कर्मकाण्ड होइन, काम चलाउन निकै अनुभवी समूह छ, हतारो गर्नुपर्ने अवस्था छैन । धेरै काम गर्नुपर्ने भएकाले विलम्ब भएको हो, अब छिट्टै राजदूतको चाँजोपाँजोको काम हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: