Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल, जुन मानचित्र हिमाल, पहाड र तराइ मिलेर बनेको छ जुन बनावटलाई न हिमालले चाहेर टुक्र्याउन सक्छ न पहाडले चाहेर टुक्र्याउन सक्छ न कि तराइले चाहेर टुक्र्याउन सक्छ त्यो धरातल माटो–ढुङ्गाले मात्र हैन मजबुत र निश्चल राष्ट्रप्रेमले बनेको छ तिमीमा त्यही निश्चल राष्ट्र प्रेम छैन र त आज तिमी तीन करोड नेपालीको छातीमा स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै आफ्नै झोपडीको मझेरी खनेर पराइको आँगन पुर्ने कुरो गरिरहेछौ। डा। राउत यो राज्यको विभेद मधेस र मधेसी माथी मात्र छैन हिमाल, पहाड, अन्य जाती र अस्तित्वमा पनि छ यसको बिकल्प देशलाई टुक्र्याउनु कदापी हुन सक्दैन किनकी देश हाम्रो हो माटो हाम्रो हो अनि समस्या पनि हाम्रै हो हामीले चाहेको त अनेकता भित्रको एकता हो विविधता बोकेको राष्ट्रियता हो पहिचान र सम्मानीत अस्तित्व हो विकास, समानता र सुशासन हो म त भन्छु म मात्र हैन सारा नेपालीले भन्नेछन् नेपाल भित्र प्यारो मधेस छ अनि मधेस भित्र प्यारो नेपाल छ तर तिमी यो माटोमा कँही कतै छैनौं वास्तवमा तिमी यो माटोको हुँदै हैनौं र त आज तिमी तीन करोड नेपालीको छातीमा स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै आफ्नै झोपडीको मझेरी खनेर पराइको आँगन पुर्ने कुरो गरिरहेछौ । डा.राउत हिमाल र पहाड मेरो मात्र हैन त्यो तिम्रो पनि हो मधेस मेरो मात्र भनेर घमण्ड नगर त्यो मधेस मेरो पनि हो जसरी बिखण्डनलाई अधिकार भन्दैछौ त्यो बिखण्डन रोक्ने अधिकार मेरो पनि छ जनमत संग्रहको के रवाफ दिन्छौ सारा नेपालीजनमा जनमत गरौं परिणामलाई अहिले पनि अनुमान लगाउन सक्छौ सार्वभौमिकता र स्वतन्त्रताको के कुरा गर्छौ मधेसको सिमानामा बैरी कदम पर्दै गर्दा एक चस्का तिम्रो छाती दुखेको छ रु छैन्, तर त्यहाँ पहाडे छातीले गोली थापेको छ यो गहिरो राष्ट्रप्रेमलाई बुझ्दैनौं तिमी किनकी डा। राउत तिमी नेपालको पनि हैनौं तिमी मधेसको पनि हैनौं र त आज तिमी तीन करोड नेपालीको छातीमा स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै आफ्नै झोपडीको मझेरी खनेर पराइको आँगन पुर्ने कुरो गरिरहेछौ। मधेस भित्रको नेपालमा नेपाल भित्रको मधेसमा जन्मिएर त्यहाँको अन्न पानी खाएर त्यहाँको नागरिकता र राहदानी बोकेर आज तिमी म नेपाली हैन भन्दैछौ मेरो माटो नेपाल हैन भन्दैछौ वास्तवमा तिमी मधेसको माटोले बनेकै छैनौं मधेसको माटोमा त नेपाली सुवास छ मधेसको माटोमा तिम्रो प्रेम छैन तिम्रो प्राणमा मधेसको माटो छैन र त आज तिमी तीन करोड नेपालीको छातीमा स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै आफ्नै झोपडीको मझेरी खनेर पराइको आँगन पुर्ने कुरो गरिरहेछौ। डा। राउत एउटा कुरो याद राख मधेसलाई यदि स्वतन्त्र बनाउने नै भए मधेसवासीलाई मात्र हैन सारा नेपालीको मनलाई राजी बनाएर देखाउ अनि लैजाउ मधेस स्वतन्त्र बनाएर नत्र तिम्रो कदमको बिरुद्धमा मेरो छाती गोली थाप्न तयार छ तिम्रो हर्कतको प्रतिकारमा मेरो गर्धन तरवार झेल्न तयार छ म त नेपालको माया गर्ने मान्छे म त मधेसको माया गर्ने मान्छे मधेस भित्र नेपाल अनि नेपाल भित्र मधेस बचाइरहने मान्छे ।  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending