Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ।

दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार युद्ध झन् चर्काउने गरी यो अमेरिकाको अहिलेसम्मकै ठूलो कदम हो। चीनले असन्तुलित व्यापार अभ्यासहरू गरेको भन्दै अमेरिकाले थप २०० अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा कर लगाएको छ। त्यसको जवाफमा चीनले ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाएको छ। चीनले भनेको छ, \"संयुक्त राज्य अमेरिकाले आर्थिक इतिहासकै सबैभन्दा ठूलो व्यापार युद्ध शुरू गर्‍यो।\" पछिल्लो कदमसँगै गत जुलाइयता अमेरिकी करबाट २५० अर्ब डलर बराबरसम्मको चिनियाँ निर्यात प्रभावित हुने भएको छ। यसको अर्थ चीनले अमेरिकालाई गर्ने करिब आधा जति निर्यातमाथि नयाँ करहरू लाग्नेछ। सञ्चारमाध्यमहरूका अनुसार चीनले अमेरिकासँगको थप व्यापार वार्तालाई रद्द गरेपछि पछिल्लो तनाव बढेको हो। नयाँ अमेरिकी कर करिब ६ हजार प्रकारका चिनियाँ वस्तुमा लाग्नेछ, जुन वाशिङटनबाट लगाइएको अहिलेसम्मकै ठूलो चरणको कर हो। त्यसको प्रभाव हातेझोला, चामल र कपडा जस्ता चिनियाँ उत्पादनमा पर्नेछ। यद्यपि स्मार्ट घडी र एक प्रकारका कुर्सीमा चाहिँ त्यो लागु हुनेछैन। चिनियाँ उत्पादन आयात गर्ने अमेरिकी कम्पनीहरूले अब १० प्रतिशत अतिरिक्त लेबी तिर्नुपर्ने हुन्छ। दुई देशले कुनै सहमति गरेनन् भने सन् २०१९ को शुरूबाट करमा २५ प्रतिशतले वृद्धि हुनेछ। अमेरिकामा निर्मित साना विमान, कम्प्युटर तथा कपडामा अतिरिक्त ५ प्रतिशत कर लगाउन लागेको छ। त्यस्तै अमेरिकामा उत्पादित रसायन, मासु, गहुँ तथा रक्सीमा बेइजिङले १० प्रतिशत अतिरिक्त कर लगाउन लागेको छ। यो वर्षमात्रै अमेरिकाले तीन चरणमा गरी २५० अर्ब डलर बराबरका चिनियाँ सामानमा कर लगाएको छ। यसअघि दुई छुट्टाछुट्टै चरणमा उसले ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले \'अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्तिको असन्तुलित स्थानान्तरण रोक्न र रोजगारी जोगाउन\' आफूले पछिल्ला कदमहरू चालेको बताउँदै आएका छन्। बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies