Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको छ । दीपाश्री निरौला निर्देशित फिल्मको शनिबार राजधानीमा प्रेसमिट गरी ट्रेलर देखाइनुका साथै प्रदर्शन मिति तोकिएको हो । पहिले दसैँका कुनै पनि दिन रिलिज हुने बताइँदै आइएको भए पनि अन्ततः छक्का पन्जा–३ घटस्थापनाको दिन अर्थात् २४ असोजमा प्रदर्शन हुने भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता दीपकराज गिरीले तेस्रो संस्करण अझ धेरै अब्बल बनेको दाबी गरे । उनले यसपटक पनि आफ्नो फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्देशक निरौलाले विगतका फिल्मभन्दा तेस्रो संस्करण अझ राम्रो बनाएकाले दर्शकको मन जित्ने बताइन् । फिल्मका मुख्य सबै कलाकार अटेको झन्डै तीन मिनेट लामो ट्रेलरमा कमेडीका साथै शिक्षा क्षेत्रको राजनीतिलाई प्रस्तुत गरिएको छ । पहिलाका फिल्मको ट्रेलरमा विषयवस्तु ‘सस्पेन्स’ राख्ने गरेको छक्कापन्जा टिमले यसपालि भने मुख्य विषयको भेउ दिएको छ । ‘कतिपयले हामीलाई कन्टेन्टमा फिल्म बनाएन भन्ने आरोप लगाउने गर्नुभएको’ बताउँदै निर्देशक निरौलाले भनिन्, ‘खासमा हामीले सधैँ कन्टेन्टमै फिल्म बनाएका छाैँ । तर, ट्रेलरमा भने नखुलाउने गरेकै हो । तर, यसपालि भने विषयवस्तुको हल्का छनक दिएका छौँ ।’ उनले आफ्नो फिल्मले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश पनि प्रवाह गर्ने दाबी गरिन् । दीपकराज गिरी, नीर शाह, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, बुद्धि तामाङ, दीपिका प्रसार्इं, जयनन्द लामा, विल्सनविक्रम राई, लक्ष्मी गिरी, शारदा गिरी, विमला गिरी, वर्षा राउत, संजोग कोइराला, स्वस्तिामा खड्कालगायत कलाकारले अभिनय गरेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । शनिबार बिहान सार्वजनिक ट्रेलर आइतबार साँझसम्म युट्युबमा ६ लाखभन्दा बढीले हेरिसकेका छन् । -नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending