Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

लाखौँको जडीबुटी बरामद

बाजुरा ।  बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानूनीरुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा ठेकेदार मार्फत मनोमानी गरेकाले जडीबुटीको तस्करी बढेको हो । तस्करी बढेको भन्दै स्थानीयवासीले उजुरी गरेपछि कुरुका माने रोकायाले सङ्कलन गरेको करीब रु १६ लाख बराबरको एक हजार १२ किलो ‘सेतक चिनी’ नामको जडीबुटी जङ्गलको बीचमा ढुङ्गाको ओडारमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उक्त कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले बताए । बाजुरालगायत नेपालका नौ वटा जिल्लामा मात्र पाइने यो जडीबुटी ठेकेदार जङ्गवीर बोहराले रातारात लुकाएको र केही जडीबुटी खोलामा बगाएकोे अवस्थामा फेला परेको कोल्टी इलाका वन कार्यालयका प्रमुख रेञ्जर दिलीपकुमार यादवले बताए । नेपाली बजारमा मूल्य प्रतिकेजी रु ५०० देखि ७०० सम्म पर्ने यो जडिबुटी यहाँबाट प्रत्येक वर्ष एक लाख १९ हजार केजी सङ्कलन गर्न पाउने गरी अनुमति दिइएको जिल्ला वन कार्यालयले जनाएको छ । यो जडीबुटी सङ्कलन गरेबापत ठेकेदारले प्रतिकेजी रु पाँच राजश्व तिर्नुपर्ने हुन्छ । यसको माग बढेसँगै मनोमानीरुपमा सङ्कलन पनि बढ्दै गएको र लगातार जडीबुटी सङ्कलनले वन नै सखाप भएकाले यसलाई बन्द गराउनका लागि उक्त कार्यालयमा ज्ञापनपत्र बुझाइएको हिमाली जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर थापाले बताए । तस्करले वनका कर्मचारीको मिलोमतोमा कर्णालीको बाटो भएर भारत र हुम्लाबाट चीनतिर पठाउनेसमेत गरको आरोप लगाउँदै उहाँले भन्नुभयो, सेतक चिनी, भुल्तेलगायत बहुमूल्य जडीबुटी पनि अवैधरुपले जिल्ला बाहिर निकासी हुँदा पनि सम्बद्ध निकायले बेवास्ता गरेको गर्दै आएको थियो।”

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending