Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बाढीपहिरो पीडितलाई राहत वितरण

म्याग्दी । नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलका बासिन्दालाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । बाढी पहिरोका कारण आफन्त र घरबास गुमाएका पीडितलाई शुक्रबार रु एक लाख ८६ हजार नगद राहत वितरण गरिएको हो । पहिरोले विद्युत्को पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई रु एक लाख, रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर घर बगाएका खरिबोटका चन्द्रबहादुर छन्त्याललाई रु ५० हजार र आंशिक क्षति भएका यामबहादुर छन्त्याललाई रु २० हजार उपलब्ध गराइएको थियो । विस्थापित र आंशिक क्षति पुगेका बाढीपहिरो पीडित आठ घरपरिवारलाई गण्डकी प्रदेशका सांसद विनोद केसीले व्यक्तिगतरुपमा आठ परिवारलाई रु दुई हजारका दरले थप राहत प्रदान गरेको थियो । सांसद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाली काङ्ग्रेसका जिल्ला सचिव मीनबहादुर कार्की, वडाध्यक्ष गमान छन्त्याल, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापा, प्राविधिक राजकुमार शाहीलयायतको टोलीले बाढी, कटान र पहिरो प्रभापवित क्षेत्रको स्थलगत अनुगमन गरी क्षति र थप जोखिमको अवस्थाबारे जानकारी लिएको थियो । गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सात वटा कक्षा कोठा र चार कोठे शौचालय बगाएको थियो । पहिरोले विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले रितुङ माविको पठनपाठन ठप्प बनेको छ । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १७५ जना विद्यार्थी अध्ययनरत छन् । समुदायलाई अस्थायी पूर्वाधार तयार पारेर पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको सो टोलीले जग्गा खोजेर नयाँ भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending