Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

१० विषयगत समितिका नवनिर्वाचित सभापतिको शपथ

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन् । शपथ लिनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिका निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिका शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापतिमा भरतकुमार शाहले पनि शपथ लिए । ज्येष्ठ सदस्यका रुपमा समितिको बैठकको अध्यक्षता गरी आएका सांसदलाई उनीहरुले पु¥याएको योगदानको कदर गर्दै सोही समारोहमा सभामुख महराले सम्मान गरे । सो अवसरमा सभामुख महराले १० विषयगत समितिमध्ये ६० वटामा महिलाले नेतृत्व गर्नु आफैँमा गौरवको विषय भएको बताए । समितिका हुने सबै खालका छलफल सङ्घीय संसद्को सम्पत्ति भएको जनाउँदै समितिको सभापतिमा सर्वसम्मत गराउन योगदान दिने राजनीतिक दल र नेतृत्वप्रति धन्यवाद व्यक्त गरे । समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । निर्वाचित सबै सभापतिले आजै पद बहाली गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending