कास्की । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकालाई पोखरासँग जोड्ने मुख्य सडक दुई दशकपछि कालोपत्रे गरिने भएको छ । गाउँपालिकाको दैनिकीसँग जोडिएको बाटो रु २६ करोड एक लाख लागतमा हिमदुङ एण्ड थोकर र ड्रागन जेभीले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । पोखरा महानगरको वडा नं २५ मेलबोटबाट माछापुच्छ«े–९ सिदिङसम्मको सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । विसं २०५४ मा नै गाडी हिँड्न सक्ने कच्ची बाटो खोली यातायातका साधन आवतजावत गरेका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय कास्कीले सो सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको हो । मेलबोटबाट पोखरा खानेपानी मुहान हुँदै लुम्रे ठाँटीसम्मको १० किमी सडक कालोपत्रे हुनेछ भने बाँकी ग्राभेल गर्ने सम्झौता भएको जिल्ला आयोजना कार्यान्यवन इकाइ कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद बरालले जानकारी दिए । उनका अनुसार कालोपत्रे सडक नालीसहित ६ दशमलव २ मिटर फराकिलो हुनेछ । माछापुच्छ«े गाउँपालिकाका नौ वटै वडालाई प्रदेश राजधानी पोखरासँग जोड्न यो बाटो महत्वपूर्ण हुनेछ । मेलबोटबाट मर्दि पुलसम्म दुई किमी सडक केही वर्षअघि खानेपानी संस्थानको सहयोगमा कालोपत्रे भए पनि एक वर्षमै बाटो भत्किएपछि स्थानीयवासीले हैरानी खेप्दै आएका थिए । सडक कालोपत्रे गर्न पटक पटक स्थानीयवासीले माग गर्दै आएको बताउँदै गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेलले तोकिएकै समयमा काम सम्पन्न गर्न गाउँपालिकाले समन्वय र सहयोग गर्ने बताउनुभयो । माछापुच्छ«े गाउँपालिका कृषि र पशुपालनमा जिल्लामा अग्रणी रहँदै आएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: