\'सुन्नुहोस दिदी बहिनी सुन्नुहोस् दाजुभाइ, वातावरण विषयको गीत वरिलै । सरसफाइ शुरु गरौ टोल वासी वडाले वातावरणमा ध्यान दिनुहोस् ठूला बडाले ।\'
पोखरा । महिलाका दुःख सुख, पीडा व्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका विभिन्न पक्षको चित्रण गरी सन्देशसमेत दिन थालिएको छ । उल्लेखीत गीत हरितालिका तीजका अवसरमा वातावरण संरक्षणलाई जोड दिँदै आयोजित एक प्रतियोगिताका अवसरमा पोखरामा गाइएको हो । नेपाली महिलाको महान पर्व तीजको अवसरमा आमाहरूले गीतमार्पmत शहरमा बढेको फोहरलाई मोहरमा बदल्न सकिने सन्देश दिँदै यस्ता गीत गाउँन थालेका हुन् । फोहरलाई वर्गीकरणको आधारमा कुहिनेलाई घरभित्रै र नकुहिनेलाई विभिन्न आकर्षक सामाग्री निर्माण गरेर थप आम्दानीको स्रोत बनाउन थालिएको छ । प्रयोगमा नआउने वस्तुलाई गाडीमा पठाउनु पर्नेमा तीज गीत प्रतियोगिताका सहभागी आमा समूहले जोड दिएका हुन् । \'माथिबाट ढलसँगै बगी आउने फोहर त्यही फोहरलाई सबै मिलि बनाउ मोहर । कुहिने फोहोर जति करेशा बारिमा, नकुहिने फोहोरलाई फालौ गाडीमा ।\' फोहरबाट हुने असर एवं व्यवस्थापन विषयमा पोखरा महानगरपालिका–१७ द्वारा आयोजित अन्तर आमा समूह तीजगीत प्रतियोगितामा पर्यटकीय शहर पोखरामा दिन प्रतिदिन बढेको फोहर प्रति चिन्ता व्यक्त गर्दै न्यूनिकरण गर्न जनप्रतिनिधिलाई सचेत गराइएको थियो । \'सबै मिलि जिताएका जनप्रतिनिधिले, सफा राख्न सिकाउनुस् है नयाँ विधिले ।\' कतिपय आमा समूहले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने प्लाष्टिक जलाउनुभन्दा विभिन्न सजावटका सामग्री बनाएर घरमा नै सजाउन सकिने सन्देशमूलक झाँकीसमेत प्रस्तुत गरेका थिए । आ–आफ्नो पोशाकमा सहभागी प्रत्येक समूहले कुहिने र नकुहिने फोहरको वर्गीकरण, फोहोर उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिँदै एक घर दुई विरुवा अभियानलाई प्रभावकारी बनाउँदै वातावरण स्वच्छ राख्न गीतको भावमा समेटेका थिए । नारी शक्ति जागरण आमा समूह आँखा अस्पताल चोकका अध्यक्ष शिशिर गोदारले – १७ नं. वडा पोखराको फोहोर फाल्ने क्षेत्र बन्दै गएकोमा दुःख व्यक्त गरे । \'न पेटीमा बाल्टी छ न पोलमा लाइट, १७ नं. वडा हुँदैछ डम्पिङ साइट ।\' पोखरा शहरको दक्षिणी भेगमा अवस्थित उक्त वडामा शिरदेखि आउने भलले मरेका जनावरसहित फोहर बगाएर ल्याउने र महानगरको फोहर उठाउने गाडी समयमा नआउँदा दुर्गन्ध फैलिएर मानव स्वास्थ्यमा असर पार्ने गुनासो छ । \'घरघर तुलसी रोप चोकमा वर पीपल, चारैतिर सफा भए वस्छन् शीतल ।\' कार्यक्रम संयोजक राधीका योगीका अनुसार प्रतियोगितामा वडाका १९ वटा आमा समूहले भाग लिएका थिए । फोहर व्यवस्थापन र वातावरणीय सुधारका पक्षमा आमा समूहले उठाएका समस्या समाधानका लागि सहकार्य गरेर अगाडि बढ्ने वडा अध्यक्ष तीर्थ अधिकारीले बताए । तारे होटलमा दर खाएर गहना र कपडामा रमाएर भडकिलो नभई मौलिक सांस्कृतिक संरक्षणसहित समाज, पर्यावरणीय एवं मानव स्वास्थ्य सुधारसहित उद्यमी बन्न सन्देश दिएर तीज पर्व विस्तारै रुपान्तरित हुँदै जानुलाई महत्वका साथ हेरिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: