Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पोखरा लेखनाथ महानगरपालिको नाम फेरियो

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए । उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको सिफारिश पारित गरी राजपत्रमा प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुने संवैधानिक व्यवस्था छ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगरसभाले गएको असार १२ गते सर्वसम्मत पारित गरेको थियो । गएको साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारलाई पठाउने निर्णय गरेको थियो । प्रदेश सरकारले सिफारिश गरेपछि २०७४ साउन २३ गते सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले नाम हेरफेर गर्ने निर्णय गरेको हो । राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविकका गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेको थियो । विसं २०५२ माघ २० गते पोखरा उपमहानगरपालिका तथा २०१६ सालमा पोखरा नगरपालिका घोषणा गरिएको थियो भने २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर २९ वडा पु¥याइएको थियो । तत्कालीन लेखनाथ नगरपालिकामा पनि भरतपोखरी गाविस थपेर १८ वडा बनाइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको नामबाट नामाकरण गरिएको उक्त नगरपालिकाको नाम हटाइएपछि उहाँको नामबाट कुनै प्राज्ञिक थलोलाई बनाउँदा अझ सान्दर्भिक हुने अधिकांशको सुझाव छ । कविशिरोमणि लेखनाथका कृति तथा उहाँको व्यक्तित्वलाई नयाँ पुस्तासँग जोड्ने, उहाँको जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने, लेखनाथमा ठूलो पुस्तकालय तथा देशभरका लेखक, कलाकारका सिर्जनासँग अघौंँ अचर्लेलाई जोड्नपर्ने जनस्तरबाट महानगरपालिकालाई सुझाव आएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending