Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

शिक्षा व्यवहारमा लागू हुनुपर्छः कानूनमन्त्री भण्डारी

सुर्खेत। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताएका छन् । शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिएको हो । उनले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताए । “कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको छ,” उनले भने, “जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिनेछन् ।” प्रविधिमैत्री विद्यालय सञ्चालन र खस्किँदो शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउन प्रदेश सरकारले शिक्षा रुपान्तरणका अभियानकर्मीलाई सहयात्री बनाउने कानूनमन्त्री भण्डारीको भनाइ थियो । शिक्षा समन्वय एकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले परम्परागत घोकन्ते शिक्षण सिकाइ विस्थापित गर्ने जनाउँदै सामुदायिक विद्यालयका शिक्षकहरुले लापरवाही या जागीरमध्ये एउटा छोड्नै पर्छ ।” सहयोगी संस्थाका कार्यकारी निर्देशक अर्जुन भट्टले बालबालिकालाई बोलेर पढाउँदा सात र नबोलेर पढाउँदा ९३ प्रतिशत बुझ्नसक्ने जिकिर गरे । “शिक्षण कला हो । लक्ष्यविन्दुमा केन्द्रित हुनुहोस्,” निर्देशक भट्टले भने, “कर्म गर्नुस्, छोड्नुभयो भने अस्तित्व समाप्त हुन्छ ।” रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending