Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यसकारण नेकपाको जिल्ला-प्रदेश एकीकरण लम्बियो

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलहरूले समयमै प्रतिवेदन बुझाउन नसकेपछि प्रदेश, जिल्ला र जनसंगठनहरूको एकता प्रक्रिया लम्बिएको छ । साउन मसान्तसम्म एकीकरणसम्बन्धी प्रस्ताव बुझाउन निर्देशन दिइए पनि कतिपयले अझै बुझाउन बाँकी रहेको भन्दै सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले ७ भदौसम्म समय थप गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-‘कतिपय कार्यदलले एकीकरणसम्बन्धी प्रतिवेदन बुझाउन बाँकी नै रहेकाले ७ गतेसम्मका लागि म्याद थप गरिएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब सबै कार्यदलले तोकिएको अवधिभित्र जे–जस्तो अवस्थामा छ, बुझाउनुपर्ने निर्णय भएको छ ।’ नेकपाको सचिवालयले प्रदेश र जिल्ला तह तथा जनसंगठन एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल बनाएर एकीकरणसम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएको थियो । विधि, प्रक्रिया र मापदण्ड बनाएर निर्देशन दिए पनि थुप्रै कार्यदलले प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले सचिवालय बैठकमा छलफल गरेको हो । प्रदेश १ र २ ले बुझाएनन् प्रतिवेदन नेकपाले गठन गरेको ३, ५, ७ का साथै गण्डकी र कर्णाली प्रदेशले एकीकरण प्रतिवेदन बुझाएका छन् । तर, प्रदेश १ र २ ले भने तोकिएको समयावधिभित्र प्रतिवेदन बुझाउन सकेनन् । कर्णाली प्रदेशको प्रतिवेदन अझै अपुरो तथा प्रदेश ५ को प्रतिवेदन धेरै विवादित बनेको छ । प्रदेश ५ का थुप्रै जिल्लाको नेतृत्वसम्बन्धी प्रस्ताव अध्यक्ष केपी ओली र प्रचण्डको निर्देशनविपरीत भएको भन्दै असन्तुष्टहरूले केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । आधा जनसंगठनले बुझाएनन् प्रतिवेदन नेकपाका २२ वटा जनवर्गीय संगठनमध्ये अहिलेसम्म इन्जिनियरको मात्र एकता भएको छ । विद्यार्थी, किसान, बुद्धिजीवी, दलित, वकिल, अपांगता भएका व्यक्तिको संगठन, जनसंस्कृतिकर्मी, जनजाति संगठनले एकतासम्बन्धी प्रतिवेदन बुझाएका छन् । यीबाहेक युवा, महिला, मजदुर, पत्रकार, भूमिहीन सुकुम्बासी, भूतपूर्व सैनिक–प्रहरीलगायत जनसंगठनले अझै एकतासम्बन्धी प्रतिवेदन बुझाएका छैनन् । १८ र १९ गते  स्थायी समिति बैठक कार्यदलहरूले समयमै प्रतिवेदन बुझाउन नसक्दा एकता प्रक्रिया लम्बिएपछि नेकपाले स्थायी समिति बैठक १० दिन पर सारेको छ । ८ र ९ भदौमा एकीकरणसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिन बोलाइएको स्थायी समिति बैठक १८ र १९ भदौका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies