Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

किन काटिदैछ पाँच हजार हरियो रुख ?

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने बताइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभतm आचार्यका अनुसार सो पाइप लाइन अमलेखगञ्जसम्म विस्तार गर्दा निकुञ्जभित्रका करीब पाँच हजार हरियो तथा वयस्क रुख काट्नुपर्ने बताउनुभयो । उहाँले यसको लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे स्वीकृति दिएपछि रुख काटने प्रक्रिया अघि बढ्ने बताए । यसैबीच बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको मोतिहारी–अमलेखगञ्जसम्म पाइप लाइन जमीनमुनि राख्ने काम बाराको जीतपुर बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको संरचना नभत्काउँदा सो क्षेत्रको काम प्रभावित भएको छ । पथलैयादेखि अलौँसम्म सडक विभागले छ लेनको व्यापारिक मार्ग बनाइरहेको र सो मार्गमा पर्ने जीतपुर बजारको करीब डेढ किलोमिटर क्षेत्रमा रहेका घर टहरा हालसम्म नभत्काउँदा उक्त क्षेत्रमा पाइप लाइन बिछ्याउने काम प्रभावित भएको पाइप लाइन कार्यालय बाराले जनाएको छ । सडक अतिक्रमण गरी बसेको जीतपुर बजार क्षेत्रको घर टहरा समयमा सम्बन्धित निकायले हटाउन नसक्दा सो क्षेत्रमा काम गर्न बाँकी रहेको छ– इञ्जिनीयर शरदप्रसाद पौडेलले राससलाई भने, “जीतपुर, परवानीपुर, रजतजयन्ती चोक, गण्डक क्षेत्र बाइपास क्षेत्रलगायतका ठाउँमा जमीनमुनि पाइप राख्ने काम रोकिएको छ । भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको पाइप लाइनमध्ये हालसम्म करीब १७ किलोमिटरसम्म पाइप जमीनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । नेपालतर्फको भारतीय सीमादेखि अमलेखगञ्जसम्म ३६ दशमलब २ किलोमिटर भू–भागमध्ये हालसम्म ठाउँठाउँ गरी १७ किलोमिटर पाइप जमीनमुनि राख्ने काम सम्पन्न भएको छ । रु २७५ करोडको लागतमा निर्माण भइरहेको सो पाइप लाइन निर्माणको लागि भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको सो कार्यालयले जनाएको छ । प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्रिने र भण्डारणको लागि अमलेखगञ्ज डिपोमा तीन हजार ९०० किलोलिटर तथा चार हजार १०० लिटर क्षमताको चार वटा ट्याङ्कर निर्माण भइरहेको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गर्नुभएपछि यसको निर्माण कामले गति लिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending