Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

छोरा भित्र्याएर बुहारीको बिहे

कञ्चनपुर । वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो । अाजकाे कान्तिपुर देनिकमा याे खबर छ - भोरुवा परम्पराअनुसार विवाह गरेका कञ्चनपुरको वेदकोट–७ का जोगराम दम्पती छोरासँग । बुढ्यौलीले छोएपछि सासूससुरा पनि सहारा दिन सक्ने अवस्थामा थिएनन् । व्यावहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा परम्परा सहारा बनिदियो । डगौरा थारू समुदायको ‘भोरुवा राख्ने’ परम्पराले रिनालाई पुनर्जीवन दिएको हो । उनको परिवारले जिल्लाकै शुक्लाफाँटा नगरपालिकाको नौखुरी शिविरका फूलरामलाई दुलहीझैं घर भित्र्यायो । फूलरामलाई छोरा बनाएर रिनाको विवाह गराइदिए । ससुरा लक्ष्मणले पछिल्ला दिन हराउँदै गएको परम्परा बुहारीकै लागि अघि बढाए । ‘यो परम्पराले मेरा टुहुरा नातिले बुबा मात्रै पाएनन्, मैले छोरा पनि पाएँ,’ रिनाकी सासू पार्वतीले भनिन्, ‘अहिले घरमा कमाउने र खेतीको काम गर्ने जिम्मा उसैको काँधमा छ ।’ कलुराम बितेपछि बुबा लक्ष्मणले नौखुरीबाट फूलरामलाई ल्याएर परम्पराअनुसार छोरा बनाए । बुहारीसँग विवाह गराइदिए । जवान बुहारीलाई एकल राख्नु हुँदैन भनेर छोरा बनाएर विवाह गराएको पार्वतीले बताइन् । पार्वतीले फूलरामलाई पूजाकोठामा देवताको थानमै लगेर काखमै बसाएर दूधभात खुवाएर छोरा बनाएकी हुन् । ‘बूढाले खोजेर ल्याएपछि बुहारी र छोराले एकअर्कालाई मन पराए,’ उनले भनिन्, ‘त्यसपछि हामीले परम्पराअनुसार काम गर्‍यौं ।’ अहिले फूलराम रोपाइँ सकेर कामका लागि भारतको सिमला गएका छन् । लक्ष्मण र पार्वतीका अर्का छोरा पनि छन् । तर यो दम्पती फूलरामसँगै बस्छ । जेठो छोराभन्दा बढी रेखदेख र माया पनि फूलरामले गर्ने गरेको उनीहरूले बताए । मिहिनेत गर्ने भएकाले खानलाउने समस्या पनि टरेको छ । उनीहरूसँग घडेरीका लागि मात्रै जमिन छ । फूलरामले डेढ बिघा जमिन अधियाँ कमाउँछन् । खेतीको काम सकेपछि कामका लागि भारत जान्छन् ।   वेदकोट–७ वसन्तपुरकी कलावतीदेवी डगौराको पनि यही परम्पराअनुसार पुनर्विवाह भएको छ । २०/२२ वर्षकै उमेरमा पति इन्द्र बहादुरको मृत्यु भएपछि उनको अवस्था पनि रिनाको जस्तै थियो । कलिला बालबालिका हुर्काउनेदेखि वृद्ध सासूससुराको रेखदेख गर्ने जिम्मेवारी कलावतीकै काँधमा आइलाग्यो । एक मात्र छोराको मृत्युको ६ वर्षपछि बुबा इन्द्रजितले छिमेकी गाउँका जोगरामलाई परम्पराअनुसार छोरा बनाएर बुहारीको विवाह गराइदिए । उनले पनि जोगरामलाई काखमा बसाएर दूधभात खुवाएर छोरा बनाएका हुन् । पहिलो पतिका तर्फबाट २ छोरा र २ छोरी छन् । सबैलाई पढाउने काम जोगरामकै काँधमा छ । एउटा छोरा र २ छोरीको विवाह पनि उनले नै गरिदिए । इन्द्रबहादुरको मृत्युपछि कलावतीका भिनाजुले जोगरामसँग कुरा चलाइदिएका थिए । त्यो कुरा कलावतीका ससुरा इन्द्रजितलाई पनि मन पर्‍यो । कलावतीको पीडा र कलिला बालबालिका देख्दा जोगरामलाई पनि सहानभूति जाग्यो । उनले कलावतीका भिनाजुको प्रस्ताव अस्वीकार गर्न सकेनन् । ‘घरमा थाहै नदिएर म यतै छोरा भएर बसें,’ उनले भने, ‘मेरा लागि यतैका आमाबुबा भए । उनीहरूको काजकिरिया पनि मैले नै गरें । पहिलो घरसँगको सबै सम्बन्ध विच्छेद भयो ।’ जोगरामका २ भाइ छन् । उनीहरूसँग उठबस चल्छ । अहिले पनि भेटघाट भइरहन्छ । तर, उनले पुरानो घरबाट न त कुनै अंश लिएका छन्, न त्यहांँ जान्छन् । त्यहांँ बिहेबारी पनि नहुने उनले बताए । ‘अहिले हाम्रो परिवार सुखी छ,’ कलावती भन्छिन्, ‘उहाँ नभएको भए अहिले मेरो हालत कस्तो हुन्थ्यो, अनुमान पनि गर्न सक्दिनँ ।’ डगौरा थारू समुदायको यो परम्परा धेरै पुरानो हो । सुरुमा एक मात्र छोरा हुने परिवारले यस्तो परम्परा अपनाएको यो समुदायका अगुवाले बताए । पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । ‘यो परम्पराले एकल महिलालाई ठूलो साथ र सहयोग पुगिरहेको छ,’ वेदकोट–७ का वडाध्यक्ष वीरबहादुर डगौराले भने, ‘अहिले यो परम्परा हराउँदै गएको छ ।’ मानव अधिकारकर्मी इन्द्रा चौधरीका अनुसार विगतमा दुई तरिकाले पुरुषलाई घरमा भित्र्याउने परम्परा थियो । बुहारी कलिलैमा एकल भए विवाह नभएको पुरुषलाई दुलही बनाएर बुहारीलाई छोरा मानेर विवाह गरिदिने चलन थियो । अर्काे छोरा मानेर भित्र्याउने । अहिले यी दुवै परम्परा घटदै गएको उनले बताइन् । कसरी भित्र्याइन्छ छोरा छोराको मृत्युपछि बुहारीलाई एकल हुन नदिन डगौरा थारू समुदायमा छोरा भित्र्याउने चलन छ । यसलाई ‘भोरुवा’ राख्ने चलन भनिन्छ । छोराको मृत्युपछि आमाबुवाले अर्काे विवाह नभएको पुरुषको खोजी गर्छन् । त्यसपछि घर ल्याएर पूजाकोठामा पुर्‍याई दूधभात खुवाइन्छ । दूधभात खुवाएपछि छोरा हुने मान्यता छ । छोरा भइसकेपछि एकल बुहारीसँग विवाह गराइदिन्छन् । छोरा हुनुभन्दा पहिले एकल महिला र छोरा हुनेले एकअर्काेलाई हेरेर निर्णय गर्न पाउँछन् । यसरी छोरा भई आउनेले पुरानो घरसँगको सबै नातासम्बन्ध तोड्नुपर्ने परम्परा रहेको थारू समुदायका अगुवाले बताए । ‘युवापुस्तामा यस्तो जोडी विरलै देखिन्छ,’ थारू अगुवा बलबहादुर डगौराले भने, ‘पुरानो पुस्तामा कहींकतै भेटिन्छन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies