Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै

पोखरा। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उनले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताए । डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै गरेको उनले बताए । उनले सञ्चारमाध्यम आलोचक हुनुपर्ने सुझाव पनि दिए । पत्रकारिताको खास मानक हुने बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे । “वर्तमान सरकार मदन भण्डारीले दीक्षित गरेको सरकार हो, यो लोकतन्त्र र बहुदलीयताका लागि प्रतिबद्ध छ”, उनले भने । उक्त अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष झालाई रु ३३ हजार ३३३, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व झाले पत्रकारिताको विश्वसनीयतालगायत विषयमा प्रश्न उठेको बताउँदै पत्रकारितालाई समाजले नियमन गर्ने जनाए । पुरस्कारका स्थापना गर्ने परिवारका तर्फबाट पोखरा उद्योेग वाणिज्य संघका अध्यक्षसमेत रहेका विश्वशंकर पलिखेले पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको बताए । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मुलुकको समृद्धिको यात्रामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखे । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रलाई बलियो सदैव पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कृत व्यक्तित्व छनोट समितिका संयोजक माधव शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिनालगायतले बोलेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies