Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाउँने मुख्यमन्त्री शाहीको प्रतिबद्वता

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताएका छन् । नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो सोचका साथ लागिएको बताए । मुख्यमन्त्री शाहीले भने, “हामी कहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्, बरु तिनको प्रचार हुन सकिरहेको छैन ।” अर्थतन्त्रको बलियो आधार पर्यटन भएको बताउँदै उनले भने, “कर्णालीलाई हाइड्रो र कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिन्छ, यसका लागि लगानी र इच्छा शक्तिको आवश्यक छ ।” नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले राज्यको पर्यटन नीतिलाई आवश्यक सहयोग गर्दै विट पत्रकारिताको शुरुआत र त्यस विधामा विज्ञता हासिल गर्ने उद्देश्य लिएर संघ अघि बढेको बताए । कर्णालीको पर्यटनमा खोजरत युवा हरिहर न्यौपानेले कर्णालीको विद्यमान पर्यटन अवस्था, पर्यटकीय साइट, देखिएका समस्या, प्रदेश सरकारले लिएको नीति र गरिरहेको अभ्यास, यसको आगामी विकासबारे तयार पारिएको कार्यपत्र प्रस्तुत गरे । न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा कर्णाली प्रदेशका १० जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक/ सांस्कृतिक गरी तीन वर्गमा पर्यटकीय क्षेत्रको तथ्यांक उल्लेख गरिएको छ । नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समितिका अध्यक्ष अशोककुमार सिंहले पर्यटन क्षेत्रको विकासका लागि संघले प्रदेश सरकारको साझेदारको भूमिका निर्वाह गर्ने बताएका थिए । उक्त कार्यक्रमका सहभागीले कर्णाली कृषि, खेल, स्वास्थ्य, जल, साहसिकलगायतको विभिन्न मनोरञ्जनात्मक पर्यटन प्रवद्र्धनको भूमिका पर्यटन पत्रकार संघलाई खेल्न र त्यसको पूर्वाधार विकास गर्न प्रदेश सरकार जतिसक्दो चाँडो लाग्नुपर्ने सुझाव दिएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies