Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विदेशकाे लोभमा ठगिए युवा

पोखरा । मादी गाउँपालिकाको मिजुरे गाउँका श्याम परियार ओमन जाँदा ठगिएर फर्किए । भन्छन्, ‘६ महिनासम्म त तलब पाइएको थियो, त्यसपछि पाइएन ।’ रूपा गाउँपालिकाका लालबहादुर गुरुङ मलेसियामा ठगिए । बल्लतल्ल ज्यान जोगाएर स्वदेश फर्कन सकेको उनी सुनाउँछन् । अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरीका एकनारायण भण्डारी पनि वैदेशिक रोजगारीका सिलसिलामै ठगिएका अर्का पात्र हुन् । अाजकाे अन्नपुर्णपाेष्ट  दैनिकमा याे खबर छ - वैदेशिक रोजगारीको सिलसिलामा ठगिनुमात्रै यी तीन जनाको समानता होइन । अचेल उनीहरू वैदेशिक रोजगारीमा जानेहरूलाई ठगिनबाट बच्ने उपाय सिकाउँछन् । वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनाका लागि गाउँमै स्वयंसेवक खटिएका उनीहरूको अनुभवले भन्छ, ‘पहिलापहिला युवाहरू खाडी मुलुक र मलेसिया जाँदा ठगिन्थे, अचेल विकसित देश जाने भनेर ठगिन थालेका छन् ।’ भण्डारीका अनुसार पछिल्लो समय भारतको दिल्ली हुँदै युरोपको पोल्यान्ड र पर्चुगल जाने भनेर एजेन्टको भरविश्वासमा पर्ने युवा धेरै हुन थालेका छन् । धेरै पैसा कमाइ हुने लोभमा एजेन्टको पछि लाग्दा युवा ठगिएका छन् । अर्का स्वयंसेवक दामोदर आचार्य भन्छन्, ‘विदेश जाने भनेपछि सल्लाह सुन्ने चलन नहुँदा युवाहरू ठगीमा परिरहेका छन् ।’ सामी परियोजना संयोजक माया गुरुङका अनुसार हालैमात्रै ब्रुनाई लैजाने भनेर फ्रान्स आर्मी कन्सल्टेसनबाट ठगिएका युवाको उजुरीको चाङ परियोजनामा लाग्यो । उजुरी दिएका युवाले पैसा बुझाएको भनेको व्यक्ति नै देशबाहिर भएकाले पक्राउ पर्न नसकेको परियोजनाकी परामर्शदाता जूना केसी बताउँछिन् । ‘१÷२ लाख रुपैयाँ बुझाएका एकाधको पैसा र पासपोर्ट फिर्ता भयो’, उनले भनिन् । म्यानपावर एजेन्सीलाई पैसा बुझाएर भर्पाई वा रसिद लिए ठगीमा कारबाही गर्न सजिलो हुने भए पनि युवाहरूले व्यक्तिलाई बिनाप्रमाण पैसा बुझाउने समस्या रहेको गुरुङ सुनाउँछिन् । स्वयंसेवक भण्डारी पछिल्लो समय रसिद लिनुपर्छ भन्ने चेतना निकै बढेको भए पनि पूरै कम नभएको बताउँछन् । \"उजुरी दिएका युवाले पैसा बुझाएको भनेको व्यक्ति नै देशबाहिर भएकाले पक्राउ गर्न समस्या भएको छ। क्यानडा, फ्रान्स, अमेरिका, अस्ट्रेलियालगायत देश जाने भन्दै ठगिएका युवाहरूको २६ वटा निवेदन सामीमा पछिल्लो समय परेको संयोजक गुरुङले सुनाइन् । जिल्ला समन्वय समिति कास्कीमा सामीको कार्यालय छ । पासपोर्ट लिने बेलामै वैदेशिक रोजगारबारे बताउन सामीले जिल्ला प्रशासन कार्यालयमै परामर्श केन्द्र राखेको छ । समन्वय समिति संयोजक बैनबहादुर अधिकारी पढेलेखेका र उच्च वर्गीय परिवारका सदस्यहरू विकसित देश जाने लोभमा ठगिन थालेको सुनाउँछन् । मादी गाउँपालिका पार्चेका पदम गुरुङ अमेरिकी क्रुजमा काम गर्ने भनेर थाइल्यान्ड पुगेपछि ठगिएका थिए । भन्छन्, ‘भिसा हात लागेपछि घरबाट पैसा मगाउन लगाएर एजेन्टले ठगे, मनी ट्रान्सफर कम्पनीबाट पैसा पठायो भने प्रमाण हुन्छ भनेर हुन्डी गर्न लगाउँथे ।’ विदेश जाने नाममा ठगीमा परेका ६३ उजुरी सामीमा यो वर्ष परेका छन् । वैदेशिक रोजगारमै रहँदा फँसेका ८ जनालाई उद्धार गरेको संयोजक गुरुङले जानकारी दिइन् । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई ५७ लाख ४३ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सकिएको पनि उनले सुनाइन् । भन्छिन्, ‘युवालाई सके स्वदेशमै रोजागार गर्न आह्वान गर्छाैं, नसके विदेश जाने हो, तर सीप सिकेर जानुपर्छ भन्दै आएका छौं ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: