Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

१३ प्रतिशतले मात्र लिए दोस्रो किस्ता

स्याङ्जा । स्याङ्जाका भूकम्प प्रभावित परिवारमध्ये १३.५६ प्रतिशतले मात्र दोस्रो किस्ता लिएका छन् । असार मसान्त अर्थात् दोस्रो किस्ताबापतको रकम लिने अन्तिम दिन (आइतबार) सम्म जिल्लाका १ हजार १ सय ५१ जनाले मात्र उक्त रकम लिएका हुन् । प्रथम किस्ता लिएका ८ हजार ४ सय ८५ मध्ये १ हजार १ सय ५१ परिवारले मात्र दोस्रो किस्ताबापतको रकम बुझेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ स्याङ्जाले जनाएको छ । अाजकाे अन्नपु्र्णपाेष्ट दैनिकमा याे खबर छ । पहिलो किस्ताबापत पाउनेले प्रत्येक घरले ५०÷५० हजारका दरले रकम लिइसकेका छन् । तर, दोस्रो किस्ताका लागि ज्यादै न्यून व्यक्तिले मात्र चासो राखेको प्राधिकरण इकाइ कार्यालय प्रमुख प्रवीण ढकाल बताउछन् । ‘ प्रभावितले पहिलो चरणको काम सकेपछि ५० हजार रकम लिएर दोस्रो चरणको काम सुरु नगरेका कारण रकम लिने संख्या न्यून देखिएको’, प्रमुख ढकालको भनाइ छ । दोस्रो चरणको काम सकेपछि प्राविधिकको सिफारिसमा मात्र प्रभावित परिवारले १ लाख ५० हजार रुपैयाँ दोस्रो किस्ता पाउने प्रावधान छ । भूकम्पका कारण जिल्लामा करिब ९ हजार ९२ घर प्रभावित भएका थिए । प्रभावितमध्ये ८ हजार ७ सय ६६ घरधनीले सम्झौता गरेका थिए । तीमध्ये ८ हजार ४ सय ८५ घरले प्रथम किस्ता लिएका थिए । प्रथम किस्ता लिएकामध्ये अहिले १ हजार १ सय ५१ ले मात्र दोस्रो किस्ता लिएका हुन् । स्याङ्जामा ५ सय ६७ घर आंशिक (प्रवलीकरण) मा परेका छन भने २ सय ८३ ले मात्र प्रथम किस्ता लिएका छन् । कार्यालयका अनुसार पुतलीबजार नगरपालिकामा २ सय १६, वालिङमा १ सय ९६, भीरकोटमा ७६, गल्याङ्मा १ सय २, चापाकोटमा १ सय ३७ र फेदीखोला गाउँपालिकामा ४३, आँधीखोलामा १ सय ७२, अर्जुनचौपारीमा १ सय २२, बिरुवामा ३३, कालीगण्डकीमा २८ र हरिनासमा २३ घर दोस्रो किस्ताका लागि सिफारिस गरिएको जिल्ला परियोजना कार्यान्वयन इकाइ कास्की र स्याङ्जाका सम्पर्क व्यक्ति लक्ष्मण जिसीले जानकारी दिए । पहिलो किस्ताका लागि जग खन्ने र दोस्रो किस्ताका लागि जग पुरेर सम्पन्नताको प्रमाणितसहित जिल्ला आयोजना कार्यान्वयन इकाइ समितिमा सम्बन्धित स्थानीय तहमा कार्यरत प्राविधिकले सिफारिस गर्नुपर्ने हुन्छ । प्राविधिकको सिफारिसलाई सहरी विकासले प्रमाणित गरेपछि लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने प्रावधान छ । सरकारले गत मंसिरदेखि प्रत्येक गाउँपालिका र नगरपालिकामा एक इन्जिनियर र एक सबइन्जिनियर खटाएको छ । भूकम्पप्रभावित लाभग्राही सूचीकृत घरमुलीले भूकम्पप्रतिरोधी घर निर्माण गरेबापत ३ पटकमा ३ लाख रुपैयाँ पाउँछन् । पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख पाउने व्यवस्था छ । ‘नगद आएर बैंकमा बसेको छ तर भूकम्प प्रभावित नागरिकसम्म पुग्न सकेन’, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । जिल्लाका ५ नगर र ६ गाउँपालिकामध्ये कालीगण्डकी र हरिनास गाउँपालिकामा भने अझै प्राविधिकको समस्या छ । यी गाउँपालिकामा प्राविधिकको संख्या कम छ । दुवै गाउँपालिका भौगोलिक कारणले अपायक हुनुका साथै खटाइएका प्राविधिक पनि कोही अन्यत्र जागिरमा जाने तथा कोहीले बीचमै जागिर छाड्ने कामले कठिनाइ भएको बताइएको छ । भूकम्पप्रभावित घरमुलीमध्ये केही विदेशमा भएका, कोही अशक्त र बिरामी, कोहीको मृत्यु भएका कारण किस्ताको नगद भुक्तानीका लागि असहज बनेको अवस्थामा वडाध्यक्ष वा वडासचिवको सिफारिसमा ती नाम संशोधन गर्न सकिने व्यवस्था रहेको जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले जानकारी दिइन् । भूकम्पीय कम प्रभावित १८ जिल्लाभित्र स्याङ्जा परेको हो । पुनर्निर्माणका गति अत्यन्त कम भएको बताउँदै कछुवा गतिमा चलिरहेको कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख जयराम पौडेलले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies