Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

ईश्वर पोखरेल भन्छन् -जनप्रतिनिधिको फैसला मान्नुपर्छ

काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन्। काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उनले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताए । उपप्रधानमन्त्री पोखरेलले भने, “डा गोविन्द केसी अनशन बस्नुभएको छ, उहाको स्वास्थ्यलाभको कामना गर्दछु, उहाँले उठाएका मुद्दा ठीकै होला, ठीक माग भए सम्बोधन पनि होला, प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्ने मुद्दा कहाँ कहाँ छन् भनेर खोज्न जरुरी छैन, फैसला जनताबाट निर्वाचित प्रतिनिधिले गर्न पाउनुपर्छ ।” उनले विरोध गरेर समय बर्बाद पार्नभन्दा पनि आर्थिक विकास र समृद्धि सबैको अबको योजना हुनुपर्नेमा जोड दिँदै विकास निर्माण र सामाजिक सुधारका काम सबै एकताबद्ध भएर गर्नुपर्ने बताए । उपप्रधानमन्त्री पोखरेलले भने, “लोकतन्त्र आइसकेपछि विरोध गर्नुपर्ने मुद्दा केही छैन, विरोधका लागि विरोध गरेर राष्ट्रलाई फाइदा हुँदैन, मुलुकको निर्माण र समृद्धिका लागि यो वा त्यो पार्टी भन्न मिल्दैन, गल्ली गरेमा प्रतिपक्षले मात्र होइन आफ्नै साथीलाई पनि भन्नुपर्ने हुन्छ ।” उनले संविधान जारी भइसकेपछि मुलुकलाई नेतृत्व गर्ने सरकारहरुले कानून निर्माणमा लाग्नु पर्ने भएपनि सरकार बनाउने, टिकाउने खेलमा लागेको हुँदा आवश्यक कानून निर्माणका काम ढिलाइ भए पनि छिट्टै कानून बन्ने र काममा नरोकिने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले काठमाडौँ जिल्लामा अनियन्त्रित रुपमा भइरहेको निर्माण कार्यलाई नियन्त्रण तथा नियमन गर्न र अव्यवस्थित बसोबासलाई रोक्न जिल्ला समन्वयन समितिले भूमिका खेल्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले भने, “अव्यवस्थित रुपमा बस्ती निर्माणका काम भइरहेका छन्, त्यसको नियन्त्रण गर्न जरुरी छ, त्यसलाई रोक्ने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मा समन्वय समितिले लिनुपर्छ ।” जिल्ला समन्वय समितिले जिल्लाको प्रशासन, सुरक्षा निकाय, विकास निर्माणलगायतका सबै काममा समन्वय गरेरमात्र काम गर्न आग्रह गरे। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले जनप्रतिनिधिको मर्यादाक्रम चाँडै सार्वजनिक हुने जानकारी दिँदै भने, “मैले बजेट, कर्मचारी र स्रोत, साधन नभएर काम गर्न सकिने भन्ने ठाउँ रहँदैन ।” उनले जनताले सन्तुष्टि पाउने गरी जनप्रतिनिधिले काम गर्न आग्रह गरे । सभाका अध्यक्ष शिवसुन्दरराज वैद्यले जिल्लाको विकास निर्माण, सुरक्षालगायत हरेक कुरामा समन्वय समितिसँग परामर्श गरेर काम गर्ने परिपार्टीको विकास भइरहेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: