Khabar Dabali ७ जेष्ठ २०७९ शनिबार | 21st May, 2022 Sat
Life insurence

जडीबुटी उद्योग बन्द

पाल्पा। पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ । गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित त्यस्ता उद्योग सरकारको स्पष्ट नीति र बजार अभावका कारण बन्द भएको हो । तिनाउँ गाउँपालिका–३ झुम्सास्थित जुडीबुटी कारखानामा विगत पाँच वर्षदेखि विभिन्न प्रशोधनयन्त्र तथा सरसामान काम नलाग्ने अवस्थामा पुगेका छन् । जडीबुटी पेल्ने मेसिन, अाैंजारमा खिया लागेको छ । उद्योग बन्द भएपछि विभिन्न किसिमका सरसामान बिग्रिएका छन् । जडीबुटी उद्योग बन्द भएपछि एकजना हेरालुले कार्यालय कुर्दै आएका छन् । रु एक करोडको लागतमा सहकारीमार्फत सञ्चालनमा आएको उक्त उद्योगबाट तीतेपाती, काउलो हर्रोबर्रो, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायतका जडीबुटी प्रशोधन गरी बिक्री हुँदै आएको थियो । जिल्लालाई जडीबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने अभियानका साथ विसं २०५६ मा सहकारीमार्फत उक्त उद्योग सञ्चालनमा आएको थियो । शुरुका दिनमा उत्पादन गरेर बेचबिखन गरियो तर सहकारीमार्फत सञ्चालन भएकाले उद्योगको ट्रेडमार्क पाउन सकिएन, हामीले उत्पादन गरेको जडीबुटीको अर्को पक्षलाई दिई अर्काको ट्रेडमार्कमा बिक्री गर्नुपर्ने बाध्यता रहेको सञ्चालक नारायणबहादुर जिसीले बताए । अहिले उद्योगबाट सिलाजित बाहेक अन्य जडीबुटी प्रशोधन हुन सकेको छैन । “उद्योग सञ्चालनका लागि सहकारीका ९० जना शेयर सदस्यबाट रु एक करोड भन्दा बढी लगानी गरेका छौ तर उद्योग सञ्चालन गर्न नसक्दा शेयर सदस्यलाई सावासमेत फिर्ता गर्न नसकिएको हो,” उद्योग सञ्चालक झपेन्द्रबहादुर जिसीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji