Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भासिएको ठाउँमा वर्षापछि भित्तो काट्न सुझाव

चितवन, २९ असार । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ । गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले आज प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदनमा अहिले तत्काल सडक एकतर्फी सञ्चालन गर्न सुझाव दिइएको छ । वर्षात घटेपछि भित्तो काटेर दुईतर्फी सवारी सञ्चालन गर्न उपयुक्त हुने पनि प्रतिवेदनमा उल्लेख छ । दुईतर्फी सवारी आवागमनका लागि छ मिटर हाराहारीमा भित्तो काट्नुपर्ने हुन्छ । सो ठाउँमा भिरालो जमिन रहेकाले चार मिटर अग्लो ठाउँबाट भित्तो काट्न सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो ठाउँमा ३५ मिटर हाराहारी लामो क्षेत्रमा भित्तो काट्नुपर्ने हुन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीले आजै मात्रै प्रतिवेदन आयोजनालाई बुझाएको छ । आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले प्रतिवेदन अध्ययन गरेपछि काम अगाडि बढ्ने बताउनुभयो । विज्ञ समूह नेपालमा पनि रहेकाले सोही समूह प्रयोग गर्ने वा विदेशबाट झिकाउने भन्ने विषयमा पछि छलफल हुने उहाँले बताउनुभयो । कोइरालाको प्रतिवेदनमा सो ठाउँमा सन् २००४÷२००५ मा २० मिटर भित्र पुग्ने गरी रक स्वायल एङ्करिङ गरिएको र सो एङ्करिङमा समस्या आएको हुनसक्ने पनि जनाइएको छ । त्यतिबेला फ्रान्सबाट रड झिकाएर एङ्करिङ गरिएको बिसुरालले बताए । सडक भासिने क्रम बढ्दै गएपछि गत मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाई र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending