Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

अब भत्किएका बाटा काठमाडौंमा देखिँदैन् : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंलाई स्वच्छ र सफा सहर बनाउने बताएका छन्। अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौं अहिलेको अवस्थामा नरहने स्पष्ट पारे। ‘देशको राजधानी काठमाडौंलाई स्वच्छ, सफा बनाउँछौं’, उनले आफ्नो योजना सुनाए, ‘यो ठाउँ यस्तै रहँदैन्। भत्किएका बाटा काठमाडौंमा देखिँदैन्।’ उनले अहिले केही मानिसहरु खाल्डाखुल्डी भनेर कराइरहेको भन्दै कराउनेहरुले नै यो सिर्जना गरेको आरोप लगाए। ‘यस्तो अवस्था हामीले निम्त्याएको होइन। हो खाल्डा पुर्न सकिएन, अहिले कराउनेहरुले नै सिर्जना गरेका हुन्। तर हामी समाधान गर्छाैं’, ओलीले भने। सरकारले अर्काे बर्खा डुब्न नपाउने गरी सडक निर्माण गरिसक्ने उनको भनाई थियो। प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ साझा सकल्प भएको र त्यहीअनुसार अगाडि बढिरहेको जानकारी गराए। ‘यो संकल्पका लागि सुशासन र विकास आवश्यक छ। विकास नगरी समृद्धि छैन्, सुशासन नभई विकास हुन्न्’, उनले भने, ‘सुशासन र विकासयुक्त समृद्धि हाम्रो मिसन हो।’ देशमा कम्तीमा ५ वर्ष स्थायी सरकार रहेको र यसले सुशासनको थिती बसाल्ने उनको भनाई थियो। जिडिपी र पर क्यापिटा इन्कमको भरमा नभई समग्र विकासको हिसाबमा आफूहरुले समृद्धिको अभियान थालेको र यसमा सबैको साथ आवश्यक रहेको उनले बताए। ‘संविधान, कानून बनाएर भेदभावको अन्त्य गर्यौं। तर असमानताको अन्त्य सजिलो छैन्। यो चुनौतीपूर्ण छ’, उनले चिन्ता व्यक्त गरे, ‘दौडेर जानेलाई पुरस्कार मात्र होइन सबैभन्दा पछाडी परेकोलाई पनि समेट्ने हाम्रो योजना हो। यसरी मात्रै वास्तविक समृद्धि आउँछ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending