Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सुनुवाइ प्रभावकारी बनाऊ

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले पूर्णता पाएसँगै सर्वोच्चका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी र राजदूत नियुक्तिका लागि बाटो खुलेको छ । प्रधानन्यायाधीशका निम्ति संवैधानिक परिषद्बाट सिफारिस भए पनि समिति नबन्दा नियुक्ति प्रक्रिया रोकिएको थियो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ - संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली गत असार दोस्रो साता मात्र पारित भएकाले समिति निर्माणमा ढिलाइ भएको हो । संसद् बैठक सुरु भएको चार महिनापछि मात्र बनेको समितिले आफ्नो कार्यविधि बनाउन मंगलबारबाटै बैठक थालेको छ । राज्यका महत्त्वपूर्ण पदहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्ति क्षमतावान र चरित्रवान छन् कि छैनन् भनेर परीक्षण गर्न अनि उनीहरूलाई जनताप्रति उत्तरदायी बनाउन अन्तरिम संविधानले संसदीय सुनुवाइको व्यवस्था गरेको थियो । नेपालको संविधान, २०७२ ले पनि यो प्रावधानलाई निरन्तरता दिएको छ । तर, आफ्नो मर्मअनुसार काम गर्न नसकेको र सरकारको निर्णयमा ‘लाह छाप’ लगाउने निकाय मात्र बनेको आरोप सुनुवाइ समितिलाई लाग्दै आएको छ । तसर्थ, यो आरोपलाई चिरेर सरकारका नियुक्तिहरूउपर वास्तविक छानबिन र सुनुवाइ गर्ने थलोका रूपमा आफूलाई उभ्याउनु नवगठित समितिको सबैभन्दा ठूलो चुनौती हो । संविधानको धारा २९२ ले ‘संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि’ संसदीय सुनुवाइको व्यवस्था गरेको छ । यी पदहरूमा नियुक्तिका लागि सम्भाव्य उम्मेदवारको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ गर्न समितिमा पठाउनुपर्ने कानुनी प्रावधान छ । समितिले नाम प्राप्त भएको ४५ दिनभित्र आफ्नो रायसहित सम्बन्धित निकायमा पठाउनुपर्छ । सिफारिस भएका नाम अयोग्य ठहरिएमा त्यसलाई अस्वीकृत गर्ने अधिकार समितिसँग हुन्छ तर त्यस्तो अभ्यास गर्न निकै कठिन छ । किनकि, संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीले दुई तिहाइ बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने व्यवस्था गरेको छ । एक तिहाइ सदस्यले समर्थन गरे मात्रै पनि सिफारिस भएका नाम अनुमोदन हुने प्रावधानकै कारण समितिको औचित्यलाई नै लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । यो व्यवस्थाले समितिलाई केवल ‘सिफारिस अनुमोदन थलो’ मात्र बनाएको छ । समितिले जस्ता व्यक्तिलाई पनि अनुमोदन गर्ने भएकाले सिफारिसकर्ता संवैधानिक निकाय तथा सरकार लगामविहीनजस्ता बनेका हुन् । अझ, कतिपयका हकमा त सुनुवाइ समिति अयोग्य व्यक्तिलाई योग्यता र चालचलन ठीक नभएकोलाई चरित्रताको प्रमाणपत्र भिडाइदिने निकायसमेत बनेको छ । वाञ्छित योग्यता र चरित्र नभएको व्यक्तिलाई अनुमोदन हुनबाट रोक्न सकेन भने समितिको औचित्य रहँदैन । तसर्थ, उसले आफ्नो अनुसन्धान प्रणालीलाई बलियो बनाएर सुनुवाइ प्रक्रियालाई प्रभावकारी तुल्याउन अनिवार्य छ । नत्र यो समिति सभापतिलाई सुविधा खुवाउने र सदस्यहरूलाई बैठक भत्ता बाँड्ने निकायका रूपमा मात्र सीमित रहन्छ । आफ्नो भूमिकालाई प्रभावकारी बनाउन समितिले सिफारिस भएका नामहरूमाथि आफैंले बलियो अनुसन्धान गरी सुनुवाइमार्फत निष्कर्षमा पुग्ने विधि तय गर्न जरुरी छ । विगतमा समितिले सिफारिसबारे आफूले खासै अनुसन्धानै नगरी उजुरी आह्वान मात्रै गर्दै आएको छ । र, त्यस्ता उजुरीहरूलाई प्रश्न बनाएर सुनुवाइका क्रममा सम्बन्धित व्यक्तिलाई सोध्ने गरेको छ । यसरी काम गर्दा एक त सही उजुरी पर्छ भन्ने छैन अर्को उजुरी दिने व्यक्तिले विस्तृत छानबिन गरेको हुँदैन । अनि सुनुवाइ केवल झारा तिर्ने खालको मात्रै हुन्छ । त्यसैले समितिले यस्ता उजुरीहरूलाई अनुसन्धानको सहायक औजारका रूपमा मात्रै सीमित राखी विस्तृत छानबिन आफैंले गर्न आवश्यक छ । र, त्यस्तो अनुसन्धानबाट अयोग्य पाइएको व्यक्तिलाई अनुमोदन नगर्न समिति एकजुट हुनुपर्छ । जिम्मेवार प्राप्त संसदीय समितिले बलियो छानबिन गर्ने परिस्थिति बनेमा अयोग्य व्यक्तिको नाम पठाउन सिफारिसकर्ताहरू आफैं हच्किन्छन् । र, राज्यका पदहरूमा हाम्रा नभएर राम्रा व्यक्तिहरूले अवसर पाउने प्रणाली स्वत: विकास हुन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies