Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

दिलाउला त बेल्जियमको स्वर्णिम पुस्ताले विश्वकप? यो छ जीतको संकेत

काठमाडौं । फुटबलमा स्वर्णिम पुस्ता मानिएको विश्वकपको नकआउट चरणमा सोमबार रातिको खेलमा अन्तिम २१ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने पक्का बनाएको टीम हो बेल्जियम । जापानविरुद्ध खेलेका १३ खेलाडीहरु सन् १९७० पछि विश्वकपको नकआउट चरणमा २-० ले पछाडि रहेको स्थिति उल्ट्याएर खेल जित्ने पहिलो टिम बनेका छन् । जसमा ३२ वर्षका भिन्सेन्ट कोम्पनीको साथमा ३१ वर्षका खेलाडीद्वय ड्रायस मर्टेन्स र जान भेट्रोगानसमेत छन् । कोम्पनी, गोलकिपर थिबाउट कोर्टिएस, केभिन डे ब्रायन र इडेन हाजार्डले जितेको प्रिमियर लिगको सङ्ख्या जोड्ने हो भने आठ पुग्छ । ‘बेल्जियममा भरोसा छ र त्यो शक्तिशाली छ’ बेल्जियम विश्वकपको फाइनल खेलबाट दुई जीत मात्रै टाढा छन् । यो कुरा जब जापानका ताकारी इनुइले २५ यार्ड टाढाबाट गरेको प्रहारलाई जाली चुमाउँदै २ गोलले अग्रता दिलाउँदा धेरै टाढाको सपना जस्तो देखिएको थियो । पछि भेट्रोगानले कमब्याकको सुरुवात गरे र माउरोने फेलानीले बराबरी गरे । त्यसपछि खेलको अन्तिम मिनेट अर्थात ९४ औं मिनेटमा सब्ट्च्यिुट नासेर चाड्लीले गोल गर्दै बेल्जियमलाई क्वार्टरफाइनलमा प्रवेश गराए । इंग्ल्याण्डका पूर्वरक्षक रियो फर्डिनान्डका अनुसार बेल्जियमले अब क्वार्टरफाइनलमा पाँचपटकको विश्व विजेता ब्राजिलसँगको खेलमा उत्कृष्ट प्रर्दशन गर्नेछ । ‘मलाई लाग्छ यो टिमको मानसिकतामाथि प्रश्न गरिएको थियो,’ उनले भने, ‘जसले अहिले भरोसा दिलाएको छ र यो हुनैपर्ने शक्तिशाली कुरा हो ।’ यस्तै इंग्ल्याण्डका पूर्व क्याप्टेन एलन सिएररले मार्टिनेजको प्रशंसा गर्दै भने, मार्टिनेज र उनका खेलाडीहरुमाथि दोस्रो हाफमा गम्भीर प्रश्नहरु उठाइएको थियो र केही गर्नुपर्ने अवस्थामा उनीहरुले त्यो कुरा गरेर देखाए ।’ ‘यो जीत बेल्जियमका सबैलाई हो’ बेल्जियमले आफ्नो विश्वकपको नकआउट राउण्डको १२ खेलमा एउटा पनि क्लिन सिट राखेको छैन र २८ गोल खाएको छ । तर, मार्टिनेजले उनीहरुको सोमबारको उल्लेखनीय जीतपछि उनीहरुको सकारात्मक पक्षमा मात्रै ध्यान दिनेछन् । ‘कुनै पनि नकारात्मक कुराहरुमा म विश्वास गर्दिन,’ उनले भने, ‘अगाडि बढ्नुपर्ने थियो र हामीले त्यो गर्यौं । आज यो टिमका खेलाडीहरुले गर्व गर्ने दिन हो ।’ ‘यो जीत बेल्जियमका सबैलाई हो । तपाईंहरुको साथको लागि धन्यवाद र हामीलाई विश्वास गर्दै जानुहोला’ उनले भने । के यो जीतको संकेत हो ? बेल्जियमको अविश्वसनीय कमब्याक यो प्रतियोगिताकै एक रोमाञ्चक क्षण थियो । डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाट बाहिरियो भने अन्य हेभिवेट टिमहरु स्पेन, अर्जेन्टिना र पोर्चुगल पनि घर फर्किसके । ‘यो अहिलेसम्मकै अचम्मको विश्वकप हो,’ चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटनले भने, ‘बेल्जियमले उत्कृष्ट खेले, २(० ले तल परेर बाहिरिने स्थितिमा यस्तो कमब्याक गर्नु के यो च्याम्पियनको संकेत हो ?’ ब्राजिल र बेल्जियमबीचको खेल किन रोमाञ्चक हुनेछ ? शुक्रबार काजानमा हुने क्वार्टरफाइनल खेल विश्वकपको अर्को एक रोमाञ्चक खेल हुने छ । फिफाको बरियतामा ब्राजिल र बेल्जियम जर्मनी पछि क्रमशः दुई र तीन नम्बरमा  छन् । प्रतियोगिता पूर्व नै सबैले दाबेदार मानेको ब्राजिल स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकियो । कोस्टारिकालाई जित्न उसलाई धेरै गाह्रो हुँदाहुँदै पनि प्रिक्वार्टरफाइनलमा मेक्सिकोसँग भने दोस्रो हाफमा उत्कृष्ट खेल खेले । मार्टिनेजले भने, ‘जब तपाई ब्राजिलको विरुद्धमा खेल्दै हुनुहुन्छ तपाईले प्रतियोगिताकै उत्कृष्ट टिमसँग खेल्दै हुनुहुन्छ भन्ने बुझ्नपर्छ ।’ ‘तपाईसँग कसरी नेइमार र फिलिप कोउटिन्हो जस्ता खेलाडीसँग खेल्ने भन्ने प्रष्ट भिजन हुनुपर्छ किनभने उनीहरुले एक सेकेण्डमै खेल परिवर्तन गरिदिन सक्छन्’ उनले भने । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies