Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एसइर्इ परिक्षामा त्रुटी गर्ने काे परे कारबाही ?

प्रकाश सिलवाल । काठमाडौँ, १७ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । पाँच दिनअघि गठित समितिले आज प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट अम्बिकाप्रसाद रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको छ भने अर्काे व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रक तोकिएको छ । मन्त्री पोखरेलले रासससँग भन्नुभयो, “विस्तृत प्रतिवेदन अध्ययनपछि थप कारबाही गरिनेछ, अहिलेलाई नियन्त्रकलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको छ ।” समितिको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छैन । नियन्त्रकभन्दा माथि वा तल्लो तहका अन्य कर्मचारी कारबाही हुने हो, होइन स्पष्ट छैन भने नियन्त्रकको सरुवा मात्र हो वा कारबाही हो भन्ने मन्त्रालयले स्पष्ट पारेको छैन । मन्त्रालयले यही असार ११ गते शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहनुभएको थियो । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट यही असार ९ गते प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्व प्रकाशित परीक्षाफलमा केही परीक्षार्थीहरुको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन गरिएको थियो । उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न र आगामी दिनमा त्यस प्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपायहरुसमेत समितिले पेश गरेको बुझिएको छ । कारबाहीस्वरुप सरुवा गरिएका नियन्त्रक रेग्मीले आफूलाई औपचारिक कुनै जानकारी नआएको जनाउँदै नेपाल सरकारले गर्ने निर्णय शिरोपर हुने प्रतिक्रिया दिनुभयो । अक्षरांकन प्रणालीको उक्त परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थी सहभागी भएकामा परीक्षाफल सार्वजनिक भएको दिनको भन्दा भोलिपल्ट कतिपय विद्यार्थीहरुको ग्रेड पोइन्ट एभरेज र ग्रेडसिट सुधारसहित संशोधन भएपछि प्राविधिक त्रुटि बाहिर आएको थियो । परीक्षा बोर्डले ग्रेड सुधारका लागि मौका परीक्षाको तयारी गरिरहेको बेला नियन्त्रक परिवर्तन भएको छ भने नियन्त्रण कार्यालयले मौका परीक्षा सञ्चालनका लागि बोर्डलाई आग्रह गरिसकेको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending