Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जनसंख्यामा आधारमा अर्वुदरोगी दर्ता

काठमाडौँ। नेपालमा जनसंख्यामा आधारित अर्वुदरोगीको दर्ता नहुँदा हालसम्म यकिन तथ्यांक छैन । लामो समयदेखि जनसंख्यामा आधारित सर्वेक्षण गर्ने विषयमा कुरा उठे पनि छ महिनाअघि मात्र दर्ता शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अर्वुदरोग नीति तर्जुमा गर्न आवश्यक तथ्यांक, रोगको रोकथाम र उपचारका लागि ठोस प्रमाण आवश्यक ठानी गत पुसदेखि दर्ता गर्न शुरु गरेको हो । परिषद्, जनसंख्यामा आधारित दर्ता कार्यक्रमका अनुसन्धान अधिकृत रञ्जिता सुवेदीेले ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ संस्थाको प्राविधिक सहयोगमा रोग तथा रोगका कारणले मृत्यु भएकाको सम्पूर्ण विवरण भरी छुट्टाछुट्टै प्रतिवेदन तयार गरिने र पहिलो छ महिनाको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने जानकारी दिए । अर्वुदरोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल नेपालमा कति रोगी छन्, कति जोखिममा छन् भन्ने तथ्यांक आउन नसक्दा प्रभावकारी कार्यक्रम आउन नसकेको बताउछन् । ‘‘नेपालमा क्यान्सरको अवस्था बढ्दो क्रममा छ, तर नेपालमा क्यान्सर रोगबारे जनसंख्यालाई आधार मानेर कुनै पनि सर्वेक्षण भएको छैन ,अहिले उपलब्ध तथ्यांक भनेको अस्पतालमा आधारित तथ्यांक हो,’’ उनले भने। डा बरालका अनुसारा नेपालमा अहिले महिला पुरुष दुवैमा फोक्सोको अर्वुदरोग पहिलो नम्बरमा छ । अस्पतालको रोगपिच्छे फरक÷फरक तथ्यांक छ । उहाँले भन्नुभयो, ‘‘भरतपुर क्यान्सर अस्पतालमा मुखको क्यान्सर बढी छ भने भक्तपुर क्यान्सर अस्पतालमा पाचनप्रणालीको क्यान्सर बढी देखिएको छ ।’’ वीर अस्पतालका अर्वुदरोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलका अनुसार पाठेघरको मुखको अर्वुदरोग सबैभन्दा धेरै देखिने रोग हो । सार्कमा पाठेघरको मुखको अर्वुदरोग धेरै छ । पछिल्लो समय नवयुवतीमा स्तन अर्वुदरोग बढ्दो छ । स्तन अर्वुदरोगले पाठेघरको मुखको अर्वुदरोगलाई उछिन्न सक्ने विशेषज्ञ बताउनुहुन्छ । योजना बनाएर रोगविरुद्ध लड्न जनसंख्यामा आधारित क्यान्सर सर्वेक्षणबाट मात्र सम्भव भएको चिकित्सक बताउँछन् । नेपालमा हाल विभिन्न अर्वुदरोगका करीब सय विशेषज्ञ छन् । अहिले एक चिकित्सकले करीब तीन लाख बिरामी हेर्नेुपरेको छ । अस्पताल, विपन्न नागरिक सेवा शाखा, स्थानीय सरकार र राष्ट्रिय पञ्जीकरण विभागबाट पनि तथ्यांक संकलन हुन्छ । यसबाट केन्द्रीय तथा स्थानीय सरकारका माध्यमबाट जनस्वास्थ्यमा चेतना अभिवृद्धि, रोगथाम तथा उपचार कार्ययोजना बनाउन सहयोग पु¥याउँछ । काठमाडौँबाट शुरु भएको दर्ता कार्यक्रम अहिले भक्तपुर, ललितपुर, कास्की, रुकुम, सिरहा, सप्तरी र चितवनमा विस्तार भएको र सबै जिल्लामा विस्तार गर्दै जाने अनुसन्धान परिषद्ले जनाएको छ । अनुसन्धानकर्तासँगै अस्पतालका कर्मचारी र महिला स्वास्थ्य स्वयम्सेविकाले तथ्यांक लिने काम गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending