Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने सिजन शुरु

\"\"पाँचथर । पूर्वको प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने मौसम शुरु भएको छ । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगममा रहेको तिम्बुङ यात्राको सिजन असारको शुरुदेखि आरम्भ भएर साउन महिनाभरि चल्छ । भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी गोठाला चौँरी लिएर बँेशीतिर झर्छन् । त्यसैले साउनपछि तिम्बुङ यात्रा सम्भव छैन । मनसुनी मौसममा पर्यटक र तीर्थयात्रीको भीड लाग्ने तिम्बुङ दृष्यावलोकन र तीर्थयात्राको लागि अब्बल गन्तव्य मानिन्छ । तिम्बुङ क्षेत्रमा यो सिजनभरि धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकको लर्को लाग्छ । तिम्बुङ क्षेत्रमा पाइने केन्जो फूल समुद्री सतहदेखि ४,४८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको अनुपम सौन्दर्यले मन फुरुंग हुन्छ । चट्टाने पहाडबीचमा रहेको पोखरी आश्चर्यलाग्दो छ । पोखरी दर्शनको क्रममा देखिने बादल र घामको लुकामारी पहिलोपल्ट तिम्बुङ पुग्नेका लागि रोमाञ्चक लाग्छ भने फर्किसकेपछि मीठो सम्झना बन्छ । करीब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइ रहेको स्वच्छ–निर्मल पानीले भरिएको पोखरी हेरेर कहिल्यै धित मर्दैन । हिमालको काखमा रहेको सुन्दर पोखरी, विभिन्न प्रजातिका लेकाली जडीबुटी र फूलको बास्ना, लेकाली वन्यजन्तु र पक्षीका सुमधुर आवाज, कतै फराकिला नागी चउर त कतै आङ नै जिरिङ्ग हुने चट्टाने पहरा, छुट्टै दुनियाँ जस्तो लाग्ने चौरी गोठालेको जिन्दगी तिम्बुङ यात्राका मुख्य सौन्दर्य हुन् । यहाँ पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिख्मा, कुटी, खोकिम जस्ता फूल र जडीबुटी पाइन्छ । तिम्बुङ पुगेर दर्शन गरे पुण्य प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ । तिम्बुङ आसपासमा अन्य ससाना पोखरी र कुम्भकर्ण हिमाल आसपासमा १७८ कुण्ड रहेको जानकार बताउँछन् । तिम्बुङ क्षेत्रबाट हिँड्न सक्दा दुई दिनमा कञ्जनजंघा आधार शिविर पुग्न सकिने त्यहाँका चौँरी गोठाला बताउँछन् । यिनै विशेषताका कारण हरेक वर्ष पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, तराईका जिल्ला र भारतको सिक्किम–पश्चिम बंगाल राज्यका कैंयौँ तीर्थयात्री कठिन बाटो छिचोल्दै तिम्बुङ पुग्छन् । हरेक वर्ष टोली लिएर तिम्बुङ पुग्दै आएका फिदिमका कवि भवानी तावा यसपल्ट तिम्बुङ जाने टोली बनाइरहेका छन् । तिम्बुङ जाने बाटो तिम्बुङ क्षेत्रमा नजिकै मानव बस्ती छैन । तर चौँरी गोठालाले दर्साउने आत्मीयता र सत्कारले मानवता र सभ्यताको पाठ सिकाउँछ । दुनियाँ स्वार्थी बन्दै गएको बेला अनकन्टार ठाउँमा रहेका गोठमा तीर्थयात्रीले छुट्टै किसिमको आतिथ्यता पाउँछन् । गोठ नै त्यहाँका होटल र लज हुन् । साँघुरो गोठमा गोठालाले सकेसम्मको सुत्ने–बस्ने व्यवस्था मिलाउँछन् । खाने कुरामा चामलको दाम मात्र लिन्छन् । चौँरीको दूध, दही र छुर्पी चाख्न दिन्छन् । पवित्रस्थलमा बसेर पवित्र कर्म गर्नुपर्छ भन्ने सोचले वर्षौंदेखि तीर्थयात्रीलाई सेवा दिँदै आएको त्यहाँका गोठाला बताउँछन् । तिम्बुङ यात्रा तय गर्दै हुनुहुन्छ भने न्यानो कपडा, हल्का खालको जुत्ता, टोपी, स्लिपिङ ब्याग र हाई अल्टिच्युडबाट बच्न मकैको सातु, अदुवा, लसुनजस्ता सामग्री बोक्न नबिर्सन याङवरक गाउँपालिका–१, च्याङथापुका मंगल बेघाको सुझाव छ । कसरी पुग्ने रु तिम्बुङ यात्रा त्यति सहज भने अवश्य छैन । पाँचथर सदरमुकाम फिदिमदेखि १८ कोस सुदूरउत्तरमा रहेको तिम्बुङ पुग्न जुनसुकै रुट प्रयोग गरेपनि सवारीसाधनबाट ओर्लेपछि दुई देखि तीन दिन पैदल हिँड्नैपर्छ । झापाको चारआलीबाट शुरु हुने मेची राजमार्ग पछ्याएर पाँचथरको गणेशचोकबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैँचा, ताप्लेजुङको कालीखोला हुँदै तिम्बुङ पुग्न सकिन्छ । त्यस्तै, मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङ भएर भारतको सिक्किम राज्यका दृश्य नियाल्दै पनि तिम्बुङ जान सकिन्छ भने इलामको पशुपतिनगरबाट सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको मनसुनी यात्रा तय गर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending