आषाढ़ १२ गते, २०७५ मगलवार 26th June, 2018 Tue१३:२५:५० मा प्रकाशित
नवलपरासी । यसपटक नेपालका थप दुई वटा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन ९क्युएए० प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पस र रुपन्देहीको भैरहवा रहेको भैरहवा बहुमुखी क्याम्पसले प्राप्त गर्न सफल भएका हुन् ।
साथै यसै वर्ष नेपालका लुम्बिनी वाणिज्य क्याम्पस, कैलाली बहुमुखी क्याम्पस तथा अन्य दुईवटा क्याम्पसले पनि क्युएए नवीकरण पत्र प्राप्त गर्न सफल भएका छन् ।
विभिन्न चरणको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, शैक्षिक प्रतिफलका सूचक पार गर्दै थप दुई वटा क्याम्पसलाई यसपटक विश्वविद्यालय अनुदान आयोगले यो प्रमाणपत्र दिएको हो ।
क्युएए प्रमाणपत्र गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ । अब चिसापानी बहुमुखी क्याम्पसलाई विभिन्न चरणमा रु १२ लाख नगदसहित अन्य निकायबाट सहयोग प्राप्त हुने उक्त क्याम्पसका प्रमुख विष्णु लम्सालले बताए ।
विसं २०६९ साउन २१ गते आयोगमा दर्ता गरिएको निवेदनअनुसार क्युएए प्रमाणपत्र भएको उपलब्धिलाई थप परिस्कृत गर्ने र आगामी वर्षमा अझै थप मापदण्ड पूरा गर्दै जाने योजना रहेको उहाँको भनाइ थियो ।
क्युएए प्रमाणपत्र प्राप्त गर्नका लागि क्याम्पसको गुणस्तरीय अवस्थालाई पूर्ण प्रभावकारी बनाएरमात्र विश्वविद्यालय अनुदान आयोगमा निवेदन दर्ता गराउनुपर्ने हुन्छ । नेपालमा हाल सामुदायिक र प्राइभेट गरी एक हजार १६६, आङ्गीक ६०, गरी कूल एक हजार २२६ वटा क्याम्पस भएकामा २१ वटा क्याम्पसले मात्र हालसम्म यो प्रमाणपत्र पाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: