Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नेपालमा ४४ हजार गैरसरकारी संस्था अबैध, बार्षिक ४२ अर्वको चलखेल

काठमाडौं । मुलुकका बिभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थामध्ये ९२ प्रतिशतले संस्था नविकरण गरेका छैनन । हाल सम्म दर्ता भएका ४८ हजार ९० संस्थाहरु मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नविकरण भएको समाज कल्याण परिषद्ले जनाएको छ । परिषद्को तथ्याङक अनुसार ४४ हजार ९० वटा गैर सरकारी संस्थाहरुले नविकरण गर्न निवेदन दिएका छैनन । अाजको नेपाल समाचारपत्रमा खबर छ-परिषद्का सुचना अधिकारी हरी तिवारीले भन्नुभयो,–‘जुन संस्थाले तीन बर्ष अवधी पुरा गरेको छ । त्यसले मात्रै नबिकरण गर्न पाउँछ । त्यसैलेपनि नबिकरण हुन बाँकी संख्या धेरै देखिएको हो । अहिले परिषद्मा आबद्ध हुने संस्थाहरुको संख्या बढेको देखिन्छ ।’ हाल १५ हजार गैरसरकारी संस्थाहरुले सकृय रहेर काम गरिरहेको अनुमान गरिएको छ । पछिल्लो तथ्याङक अनुसार गैरसरकारी संस्थाहरुको बार्षिक बजेट ४२ अर्व रुपैंया रहेकोे छ । जसमध्ये २४ अर्व रुपैंया परियोजना सम्झौता अन्तर्गत आइएनजीओ र परिषद् बीचको सम्झौता भएर रकम खर्च हुने गरेको छ । यस्तै, कार्यक्रम स्विकृत अन्तर्गत् १८ अर्व रुपैंया दातृ संस्था बिदेशमै रहेपनि नेपालमा कार्यरत गैरसरकारी संस्थाहरुलाई दिने सो रकम समाजकल्याण परिषद्बाट स्विकृत भई खर्च हुने गरेको छ । संस्था दर्ता उल्लेखनीय मात्रामा भएपनि काम भने परिणाममूखी हुन नसकेको सरोकारवालहरु ब्ताउ छन । संस्था दर्ताको दर उल्लेखनीय देखिएपनि गुणात्मक परिणाम देखिने गरी काम हुन सकेको छैन । अहिले देशभर बिभिन्न ऐनमा बांधिएर झण्डै एक लाख ४० हजार संस्थाहरु सक्रिय अवस्थमा छन् । संस्थाहरु दातामा निर्भर हुने प्रबृत्ति बढेकोले उपलब्धी नदेखिएको बताइएको छ । उच्च स्तरीय प्रशासन सुधार समितीका अध्यक्ष काशींराज दाहालका अनुसार संस्थालाई नियन्त्रण गर्न नसकिने बरु नियमनमा ल्याउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो,–‘सबै संस्थाहरु समाज कल्याण परिषद्मा दर्ता हुन्छन् । ती संस्थाहरु सामाजिक सेवामुखी हुनुपर्छ । र, दिगो बिकास देखिने गरी काम गरे भने उपलब्धी हुन्छ ।’ अहिले संस्थाहरु संस्था दर्ता ऐन, कम्पनी ऐन, बन ऐन, राष्ट्रिय निर्देशन ऐन, सहकारी मार्फत् कानुनी हैसियत प्राप्त गर्न सक्ने व्यवस्था छ । जस अन्तर्गत संस्था दर्ता ऐनमा रहेर ४७ हजार, कम्पनी ऐनमा रहेर एक हजार सात सय, सहकारी ऐनमा आवद्ध रहेर ३५ हजार, बन ऐन अन्तर्गत २० हजार संस्थाहरु दर्ता भएको सरकारी तथ्याङकले देखाउँछ । गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले एनजीओहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,–‘एनजीओहरु डलरवादी भए भनेर मात्रै हुँदैन । नागरिक संस्थाका रुपमा चित्रण गर्नुपर्छ । नागरीक संस्थाले सदैब खबरदारी गर्छ । र, सदैब नागरीक संस्थाहरु दुरुस्त, पारदर्शी हुन जरुरी छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending