Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

महानगरमध्ये भरतपुरको बजेट सबैभन्दा कम

नारायण अधिकारी । चितवन, ११ असार । नेपालका पाँच वटा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम देखिएको छ । भरतपुर महानगरपालिकाले आव २०७५/०७६ का लागि रु तीन अर्ब ३४ करोड पाँच लाख आयव्ययको प्रस्ताव गरेको छ । जसमध्ये पूँजीगतभन्दा चालू खर्च बढी छ । चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१ दशमलव शुन्य चार प्रतिशत तथा पूँजीगततर्फ रु एक अर्ब ६२ करोड ५६ लाख अर्थात् कुल बजेटको ४८ दशमलव ६६ प्रतिशत रहेको छ । भरतपुर महानगरको आन्तरिक आम्दानी रु ५५ करोड अनुमान गरिएको छ । नेपालमा काठमाडौँ, भरतपुर, पोखरा लेखनाथ, बीरगञ्ज, विराटनगर र ललितपुर गरी ६ वटा महानगरपालिका छन् । तीमध्ये ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेको छैन । बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको सो महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने निर्णय गरेको पनि जनाएको छ । काठमाडौँ महानगरपालिकाले रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्ताव गरेको छ । जसमध्ये आन्तरिक आय रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार छ । त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाले रु छ अर्ब ५३ करोड ६५ लाखको बजेट प्रस्ताव गरेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु एक अर्ब ६९ करोड ९० लाख अनुमान गरिएको छ । वीरगञ्ज महानगरपालिकाले रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको बजेट प्रस्ताव गरेको छ । तीमध्ये चालु खर्चतर्फ २९ दशमलव एक प्रतिशत र पूँजीगत खर्चतर्फ ७० दशमलव ६ प्रतिशत रहेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु ५९ करोड ५३ लाख ६० हजार अनुमान गरिएको छ । यस्तै विराटनगर महानगरपालिकाले रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको बजेट प्रस्ताव गरेको छ । जसको आन्तरिक आय रु ५४ करोड तीन लाख रहेको छ । महानगरपालिकाले सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम रहेको तथ्याँकले देखाउँछ । भरतपुर महानगरमा २९ वडा रहेका छन् । जसमध्ये धेरै वडा ग्रामीण क्षेत्रमा पर्दछन् । जसका कारण विकास निर्माणमा ती क्षेत्रमा बजेटको बढी माग हुने गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अन्य महानगरपालिकामा विदेशी दाताको लगानीमा सञ्चालित परियोजनाको रकमसमेत बजेटमा रहेकाले भरतपुरको बजेट आकार सानो देखिएको बताइन् । उनले आन्तरिक आम्दानीमा विराटनगर र वीरगञ्ज महानगरपालिकाको हाराहारी रहेको बताउँदै करको दायरा फराकिलो बनाउँदै आम्दानी बढाउनेतर्फ महानगर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले विभिन्न परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी प्रदेश र संघीय सरकारका मन्त्रालयमा बजेट माग गर्ने बताइन्। यस महानगरपालिकाभित्र औद्योगिक क्षेत्र नहुनु, पर्यटन व्यवसाय कम हुनुलगायतका कारण आन्तरिक आय कम भएको बताउँदै प्रमुख दाहालले आम्दानी बढाउनका लागि उत्पादनमूलक क्षेत्रको विकासका लागि महानगर लाग्ने छ भने । महानगरपालिकाका उपप्रमुख पार्वती शाहले आन्तरिक आम्दानी कम भएका कारण बजेट सानो भएको बताइन् । उनका अनुसार चालू आवमा आन्तरिक आम्दानी ३० करोड हाराहारी पुग्ने अनुमान छ । आउँदो वर्षका लागि प्रस्तावित गरिएको रु ५५ करोड आफैँमा ठूलो लक्ष्य लिइएको उनले बताए । सबैको साथ र सहयोग रहेमा आम्दानी बढाएर विकास निर्माणमा जुट्न सकिनेमा उपप्रमुख पार्वती शाहको विश्वास छ । उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले महानगरलाई उत्कृष्ट बनाउन आर्थिक कारण मात्रै नभएर व्यवस्थापकीय विषय पनि महत्वपूर्ण हुने बताए । करको दायरा फराकिलो बनाउँदै एकातर्फ राजस्व बढाउनुपर्ने र अर्काेतर्फ कम लागतमा हुने काम अगाडि बढाउनुपर्ने उनले बताए । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेमा आम्दानी बढाउन सकिने बताउँछन् । उनले विकास निर्माणमा भन्दा उत्पादनमूलक क्षेत्रमा महानगरले बढी ध्यान दिन सकेमा आउँदा वर्षमा आन्तरिक आय बढ्ने धारणा व्यक्त गरे । भरतपुर महानगरपालिकाका अधिकांश भाग चितवनको क्षेत्र नं ३ मा पर्दछ । यस क्षेत्रबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका छन् । जसका कारण केन्द्रीय सरकार र प्रदेश सरकारबाट थप बजेट आउने आशमा नगरबासी छन् । यसअघि दाहालकै पहलमा दुई अर्बभन्दा बढी बजेट निकासा गरी विकास निर्माणकोे काम हुँदै आएका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending