Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

हरायो काठेकोल, पाउन छोड्यो शुद्ध तोरीको तेल

जाजरकोट। यहाँको कुशे गाउँपालिका–९ पैकका ५१ वर्षीय कालीबहादुर रोकायलाई गाउँघरमा शुद्ध तोरीको तेल पाउन छोडेकामा निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र मिलमा पेलेका तेल शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गरेको हो । गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि शुद्ध तोरीको तेल पाउन समस्या परेको उनको दुखेसो छ । पहिले टोलपिच्छे काठेकोल हुने र जताततै शुद्ध तोरीको तेल पाइने गरे पनि अहिले गाउँबाट काठेकोल हराउँदै गएपछि समस्या परेको उनको भनाइ छ । “पहिले टोलटोलमा ओखल र काठेकोल पाइन्थे जताततै शुद्ध तोरीको तेल पाइन्थ्यो तर अहिले यत्रो गाउँपालिकाभरि एक दुईटा मात्र कोल छन्”, उनले भने, “कालीबहादुरमात्र होइन, कुसेको मान्यजुरका उज्ज्वल रोकाय पनि गाउँमा आफ्नो घरबाहेक अन्य स्थानमा काठका कोल नभएको र अन्य स्थानीयवासी मिलतिर तेल पेल्न जाने गरेको बताउछन् । खानका लागि मात्र नभई स्वास्थ्यका लागिसमेत काठेकोलमा पेलेको तेल उपयुक्त हुने भए पनि स्थानीयवासी सजिलोका लागि मिलमा गएर तेल पेल्ने गरेका छन् । उहाँका अनुसार काठेकोलमा तेल पेल्न झन्झट हुने भएकाले सबैले कोल बिर्संदै गए । स्थानीय पहिचान र परम्पराका रूपमा रहेका पुराना काठेकोल, पानी घट्ट र ओखलमा पिसिएका खाद्यान्न निकै स्वस्थकर र ताजा हुने भए पनि सरोकारवाला र युवा पुस्ताको बेवास्ताका कारण हराउँदै गएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आगामी वर्षदेखि आफ्नो गाउँपालिकाभित्र परम्परागतरूपमा चल्ने पानीघट्ट, काठेकोल र मुसल सबैलाई जस्ताको तस्तै सञ्चालन हुने गरी योजना बनाउने बताए । गाउँ समाजको पहिचानका रूपमा रहेका ती साधनलाई स्थानीयवासीकै सक्रियतामा संंरक्षण गर्ने अवस्थामा ल्याउन आफूले विशेष पहल गर्ने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending