Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

सूचना नदिने र अधिकृत नराख्ने कार्यालयलाई कारबाहीः आयुक्त बाँस्कोटा

भक्तपुर। राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना नदिने र सूचना अधिकृत नराख्ने कार्यालयलाई कारबाही गरिने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कतिपय कर्मचारीले अझै पनि सहज रुपमा सूचना नदिने र सूचना अधिकृत नराख्ने गरेको पाईएकाले त्यस्तालाई कारबाही गरिने बताए । कर्मचारीहरुमा अझैपनि पंचायतकालिन मनोबृत्ति रहेको बताउँदै उनले कर्मचारीको व्यबहार परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले सात वटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आमनागरिकले जानकारी पाउँनु पर्ने र सबै कार्यालयमा सहज रुपमा सूचना उपलब्ध गराउँने व्यबस्था गरिनु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्न र सहज सूचना प्रदान गर्न संयन्त्र बनाएर सर्कुलर जारी गर्ने बताए । सूचना अभियन्ता एवं गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा ९बजगाई०ले सूचनाको हकका बारेमा गाउँ गाउँका र तल्लो तहका तहका नागरिकसम्मलाई जानकारी गराए । पत्रकार महासंघका सल्लाहकार नारायण किलम्बुले सूचना दिने कर्मचारीलाई हाकिमले कारबाही गर्न धम्की दिने गरेको बताए । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित उपत्यका सचिव अमर भुजु, सदस्यत्रय भगवति थापा, रामचन्द्र प्रजापति र लक्ष्मी गारुलाई खादा र माला लगाएर बधाई दिएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies