काठमाडौं । केपी शर्मा ओलीले आगामी निर्वाचनलाई देश बनाउने र देश जलाउने शक्तिबीचको जनमत संग्रहका रूपमा चित्रित गरेका छन्। उनले देश र लोकतन्त्रप्रतिको माया राख्ने नागरिकले अन्ततः नेकपा एमालेको पक्षमा उभिने दाबी गरे।
“हामीले भनेका छौँ– देश जलाउने र देश बनाउनेबीचको यो जनमत संग्रह हो,” उनले भने, “देशको माया हुनेले देश जलाउने पक्षमा जान सक्दैनन्।” झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग औपचारिक चुनावी तालमेल नगरिएको उल्लेख गर्दै उनले आवश्यक परे अन्य दलका मतदातासमेत आफूलाई मत दिन तयार हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री पदमा रहनु नै आफ्नो गल्ती भएजस्तो आरोप लगाइने गरेको भन्दै उनले आपत्ति जनाए। “प्रधानमन्त्री हुनु बाहेक मैले के अपराध गरेँ? मैले गोली चलाएको हो र? गोली चलाउन आदेश दिएको हो र?” उनले प्रश्न गरे। हिंसात्मक घटनाका सम्बन्धमा आयोगको प्रतिवेदन पर्खनुपर्ने बताउँदै उनले आपतकालीन परिस्थितिमा प्रहरीको ‘स्ट्यान्डिङ अर्डर’ अनुसार कारबाही हुने तर्क गरे।
निर्वाचन हुने विषयमा आशंका व्यक्त गर्दै अध्यक्ष ओलीले विभिन्न स्थानमा देखिएका झण्डा जलाउने र तनाव सिर्जना गर्ने गतिविधिले चुनाव बिथोल्ने प्रयास भएको संकेत गरेको बताए। उनले सामाजिक सञ्जालमा फैलाइएका हल्लाले मतदान नहुने भन्दै मतदातामाझ पुग्दा वास्तविक अवस्था थाहा हुने टिप्पणी गरे।
कुनै दलको नाम नलिई उनले चुनाव स्थगित गराउने उद्देश्यले वातावरण बिगार्ने प्रयास भइरहेको दाबी गरे। “जे पनि गर्ने, जस्तोसुकै गतिविधि गर्ने प्रवृत्तिबाट आएका शक्तिहरूले चुनाव बिथोल्न खोजेका हुन् कि भन्ने देखिन्छ,” उनले भने।
निर्वाचन भए नेकपा एमालेले बहुमत ल्याउने उनको दाबी छ। “चुनाव भयो भने हामी सके मेजोरिटी ल्याउँछौँ, नभए पनि उल्लेख्य सिटसहित प्रमुख पार्टी हुन्छौँ,” उनले भने। आफू बाहेक पनि प्रधानमन्त्रीको आकांक्षा राख्ने धेरै उम्मेदवार रहेको उल्लेख गर्दै उनले प्रतिस्पर्धालाई स्वाभाविक बताए।
निर्वाचनमा धाँधली, बुथ कब्जा वा मतदातालाई अवरोध गर्ने प्रयास भए कडा प्रतिवाद गर्ने चेतावनी उनले दिए। “हामी धाँधली हुन दिँदैनौँ, चुनाव हुन नदिने कुरा होइन,” उनले स्पष्ट पारे।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको उम्मेदवारी दर्ताका क्रममा देखिएको भीडबारे टिप्पणी गर्दै उनले उक्त भीडमा एमालेसहित अन्य दलका कार्यकर्तासमेत उपस्थित रहेको दाबी गरे। “त्यो भीड उहाँहरूको मात्रै होइन, हाम्रा र अन्य पार्टीका मान्छे पनि त्यहीँ थिए,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: